काठमाडौं । प्रभु बैंक लिमिटेडले विद्यमान संस्थापक शेयरधनीमा विक्री हुन नसकेको १ लाख ६० हजार २०९ कित्ता संस्थापक शेयर सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको छ ।
यसअघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी कम्पनीले यी शेयर विक्रीका लागि ३५ दिने सूचना जारी गरेको थियो । पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीमा विक्री हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थालाई विक्री गर्न सकिने व्यवस्थाबमोजिम कम्पनीले यी शेयर विक्रीमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापक शेयरधनी र अन्य व्यक्ति तथा संस्थाले आगामी १५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा पेस गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।