काठमाडौं । सप्तकोसी डेभलपमेन्ट बैंक लिमिटेडले ४० हजार कित्ता संस्थापक शेयर चैत १७ गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक सेयरधनीहरूका लागि यी शेयर विक्री खुला गर्दा नबिकेपछि अन्य व्यक्ति तथा संस्थामा विक्री खुला गरेको हो । इच्छुक खरिदकर्ताहरूले चैत २६ गते कार्यालय समयभित्र आवेदन पेश गर्न सक्नेछन् ।
प्रतिकित्ता २५० रुपैयाँ तोकिएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र चैत २७ गते अपरान्ह ३ बजे विक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेडको कार्यालय डिल्लीबजार, काठमाडौंमा खोलिने कार्यक्रम तय भएको छ ।