काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६५ दशमलव ३१ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. ५२ लाख २२ हजार नाफा कमाएकोमा चालू आवमा घटेर रू. १८ लाख ११ हजारमा सीमित भएको छ ।
चालू आवमा कम्पनीको सञ्चालन नाफा बढे पनि कर खर्च बढेका कारण नाफा प्रभावित भएको हो । सञ्चालन नाफा गत आवको तुलनामा चालू आवमा २२८ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको सञ्चालन नाफा रू. ५३ लाख २५ हजार रहेकोमा चालू आवमा बढेर रू. १ करोड ७४ लाख पुगेको छ ।
त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा २१ दशमलव ५० प्रतिशत घटेको छ । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी रू. २१ करोड ६७ लाख रहेकोमा चालू आवमा घटेर रू. १७ करोड १ लाखमा सीमित भएको छ ।
नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४३ पैसा रहेकोमा चालू आवमा घटेर ५० पैसामा सीमित भएको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ रू.१७२ दशमलव २४ रहेको छ । तेस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा रू. ६ करोड ५२ लाख रहेको छ ।
चुक्ता पूँजी रू. ४८ करोड ५७ लाख रहेको कम्पनीले तेस्रो त्रैमाससम्ममा जगेडामा रू. २८ करोड ६४ लाख र रिटेन्ड अर्निङमा रू. ६ करोड ४४ लाख सञ्चिति गरेको छ ।