काठमाडौं। सोल्टी होटल्स एण्ड रिसोटर्सले सोल्टी हेरिटेज क्लबका लागि मोबाइल एप शुरू गरेको छ । सोल्टी हेरिटेज क्लब मोबाइल एपले सदस्यहरूलाई पोइन्ट ट्र्याक गर्न, बुकिङ व्यवस्थापन गर्न र व्यक्तिगत अफरहरूको पहुँच लिन सजिलो बनाउने कम्पनीले बताएको छ । हाल उक्त एप एन्ड्रोइड फोनमा उपलब्ध छ । चाँडै आईओएसमा पनि उपलब्ध हुने बताइएको छ ।
यसैबीच, सोल्टी होटल्स एण्ड रिसोटर्सले आफ्नो नयाँ ब्रान्ड एम्बासडरमा अभिनेत्री सुरक्षा पन्तलाई नियुक्त गरेको छ । ‘नेपालको मनोरञ्जन क्षेत्रकी चर्चित व्यक्तित्व पन्त सोल्टी होटल्सको गरिमा, आत्मीयता र उत्कृष्टताको प्रतीक हुन्,’ विज्ञप्तिमा भनिएको छ, ‘उनको सहभागिताले ब्रान्डको उपस्थिति बलियो बनाउनुका साथै ग्राहकलाई थप प्रेरित गर्ने विश्वास लिइएको छ ।’ यसले स्थानीय र विश्वव्यापी बजार दुवैमा प्रिमियम अनुभव ल्याउने अपेक्षा समेत कम्पनीको छ ।
सोल्टी होटल्स एण्ड रिसोटर्सले हालैका दिनहरूमा अन्तरराष्ट्रिय विस्तारमा पनि फड्को मारेको बताइएको छ । नयाँ गन्तव्यहरूमा आफ्नो उत्कृष्ट सेवा प्रदान गर्न तयार सोल्टीले यो एप र सुरक्षा पन्तसँगको साझेदारीलाई आफ्नो निरन्तर नवप्रवर्तन र उत्कृष्टताको यात्राका महत्त्वपूर्ण कोसेढुंगा मानेको छ । सोल्टी होटल्स एण्ड रिसोटर््र्सले आफ्नो सेवा र पाहुनाका लागि अविस्मरणीय अनुभव सृजना गर्न प्रतिबद्ध रहँदै नेपाली र अन्तरराष्ट्रिय बजारमा एक प्रमुख नामको रूपमा आफूलाई सशक्त बनाउँदै लगेको बताइएको छ ।