काठमाडौं । सोल्टी होटल लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । होटलले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा पठाएको हो ।
पुस ७ गते सम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा भएको छ। शेयर अभौतिकीकरण गराएको शेयरधनीको हकमा पनि क्रमश जम्मा हुने कम्पनीले जानाएको छ ।
साथै हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले आफ्नो शेयर अभौतिकीकरण गराएपछि मात्रै बोनस शेयर हितग्राही खातामा नै जम्मा हुनेछ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।