असार ३०, काठमाडौं । विहीवार नेप्सेमा दोर्दी खोला जलविद्युत कम्पनीको पहिलो शेयर कारोबार भएको छ । यस दिन कम्पनीको शेयर मूल्य स्पेशल प्रि-ओपन सेसनमा रू. ३०७ दशमलव १० मा पहिलो कारोबार भएको हो ।
कम्पनीको कुल १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता साधारण शेयर बुधवार सूचीकृत भएको हाे। नेप्सेले पहिलो कारोबारको लागि रू. १०२ दशमलव ३९ देखि ३०७ दशमलव १७ ओपन रेञ्ज तोकेको थियो । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले प्रतिशेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
कम्पनीको स्टक सिम्बोल डीओआरडीआई रहेको छ ।