काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा बढेको छ । गत आवमा कम्पनीको नोक्सानी रू. ३ करोड २५ लाख रहेकोमा चालू आवमा बढेर रू. २५ करोड २५ लाख पुगेको छ ।
चालू आवमा कम्पनीको निष्क्रिय कर्जामा वृद्धि भएकाले र इम्पेरिमेन्ट चार्जमा वृद्धि भएकाले नोक्सानी बढेको हो । गत आवमा कम्पनीको निष्क्रिय कर्जा ५ दशमलव २५ प्रतिशत रहेकोमा चालू आवमा बढेर १५ दशमलव ९० पुगेको छ ।
गत आवमा कम्पनीको इम्पेरिमेन्ट चार्ज रू. ७ करोड ४० लाख रहेकोमा चालू आवमा बढेर रू. २६ करोड ३४ लाख पुगेको छ ।
त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि गत आवको तुलनामा चालू आवमा ९ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. ११ करोड १२ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा घटेर रू. १० करोडमा सीमित भएको हो ।
कम्पनीको चुक्तापूँजी रू. ८३ करोड ४३ लाख रहेको छ भने चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. १२ करोड ५३ लाख सञ्चित गरेको छ भने रिटेन्ड अर्निङ रू. ३५ करोड ८७ लाख ऋणात्मक छ ।
सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) रू. ६० दशमलव ५३ ऋणात्मक, तरलता अनुपात २८ दशमलव १४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ७२ दशमलव शून्य ३ छ ।