काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा दिनेश कुमार पोखरेललाई नियुक्त गरेको छ ।
कम्पनीको माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले माघ ९ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षसम्मका लागि प्रमुख कार्यकारी अधिकृतमा पोखरेललाई नियुक्त गरेको हो ।