काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले पुस २९ गते १४औं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा मोरङ, विराटनगरस्ठित कञ्चनजंघा पार्टी प्यालेसमा उक्त दिन बिहान ११ बजे शुरु गरिने कम्पनीले जानकारी दिएको छ ।
सभाले गत आर्थिक वर्ष (आव)को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै सभाले यस बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्न/गाभिन वा प्राप्ति गर्न आवश्यक भएमा आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ देखि २९ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।