काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले ४० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुमा जारी गर्दा वितरण नभएको यी शेयर दोस्रो चरणमा सर्वसाधारणका लागि जारी गरेको हो ।
यी शेयर खरीद गर्न इच्छुक अन्य व्यक्ति तथा संस्थाहरुले वैशाख ८ गतेभित्र आवेदन पेश गर्नुपर्नेछ । प्रतिकित्ता १६५ रुपैयाँ तोकिएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ । आवेदन दिँदा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त आवेदन वैशाख ९ गते अपरान्ह ३ बजे विक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेडको कार्यालयमा खोलिने तय भैसकेको छ ।