काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबारमा आएका ३१५ धितोपत्रमध्ये सबैभन्दा बढी सर्वोत्तम सिमेन्टको शेयर कारोबार भएको छ ।
यस कम्पनीको एकै दिनमा ५ लाख १४ हजार ४११ कित्ता शेयर किनबेच भएको हो । कम्पनीको रू. ४७ करोड २९ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९४१ कायम भएको छ । यो शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३३ रुपैयाँ ५० पैसा कम हो ।
कम्पनीको दोस्रो बजारमा कारोबारमा आएदेखि लगातार सात कारोबार दिनसम्म कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको थियो । कारोबारमा आएको आठौं दिन अर्थात् आइतवार (हिजो)देखि कम्पनीको शेयरमा विक्री चाप देखिएको हो । उक्त दिन कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत घटेको थियो ।
सोमवार कम्पनीको शेयरको उच्च मूल्य कायम हुँदा प्रतिकित्ता रू. ९ सय ७० सम्म पुगे पनि अन्तिममा रू. ९४१ मा कायम भएको हो ।