काठमाडौं । प्रभु बैंक र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको शेयर सर्वसाधारणमा विक्री गर्ने भएका छन् । फर्स्ट माइक्रोफाइनान्सले फागुन २७ गतेदेखि १ लाख ५० हजार कित्ता र प्रभु बैंकले ८४ हजार १४४ कित्ता संस्थापक शेयर फागुन २५ गतेदेखि विक्रीमा ल्याएको हो ।
प्रभु बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । फर्स्ट माइक्रोफाइनान्सले प्रतिकित्ता ३१५ रूपैयाँ अंकित मूल्यमा शेयर विक्री गर्न लागेको हो भने प्रभु
बैंकले भने शेयरको मूल्य तोकेको छैन् । प्रभु बैंकको शेयर खरीदका लागि आगामी १५ दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदन बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौं पेश गर्नुपर्नेछ ।
फर्स्ट माइक्रोफाइनान्सको शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित मूल्यमा न्यूनतम १५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिनुपर्नेछ । फर्स्ट माइक्रोफाइनान्सको शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।