काठमाडौं। गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले काठमाडौं महानगरपालिका–१२ टेकु पचलीघाटस्थित बाढीपहिरो प्रभावित सत्प्रयास सिद्धि सेवाश्रमलाई सहयोग गरेको छ ।
संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वृद्धाश्रममा बसोवास गरिरहेका ज्येष्ठ नागरिकको खान बस्नलाई सहयोग पुग्ने गरी रू. २५ हजार सहयोग गरेको हो । संस्थाले विगतदेखि नै सामाजिक काममा सहकार्य गर्दै आएको बताइएको छ । संस्थाले मुलुकभर २३ शाखा र ४ विस्तारित काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।