काठमाडौं। नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयातकर्ता तथा विक्रेता भीजी अटोमोबाइल्स प्रालिले दशंै, तिहार, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा ‘दशैं आयो क्यास पायो’ स्किम ल्याएको छ ।
यस योजनाअन्तर्गत ग्राहकले सुजुकी मोटरसाइकल तथा स्कुटरको खरीदमा एसएमएस गरी न्यूनतम रू. ७ हजारदेखि रू. ५ लाखसम्म नगदका साथै एक्स्चेन्ज र फाइनान्सको सुविधा पाउने बताइएको छ । सुजुकीले मोटरसाइकल तथा स्कुटरको विश्वसनीयता कायम गर्न ५ वर्षको वारेण्टीका साथै फ्री सर्भिस पनि ल्याएको बताइएको छ । यो योजनाले ग्राहकको मन जित्ने कम्पनीको विश्वास छ ।