काठमाडौं । नेपाली बजारमा मंगलवार सुनको मूल्य तोलाको ४०० रुपैयाँले बढेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ३७ हजार ६०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन अर्थात सोमवार सुन प्रतितोला १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर १ हजार ९२० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ८८० मूल्यमा कारोबार भएको थियो ।