काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा शुक्रवार (आज) पनि नयाँ रेकर्ड कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार ९०० रुपैयाँले बढेर १ लाख ८५ हजार रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च हो । यसअघि बिहीवार पनि सुनको मूल्यमा रेकर्ड कायम भएको थियो । साे दिन सुन तोलाको १ लाख ८१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनको भाउ घट्ने हल्लाबीच गत शुक्रवारयता ४ दिन लगातार घटेको सुनको मूल्य गत बुधवारदेखि बढ्न थालेको हो ।
बिहीवार चाँदीको मूल्यसमेत बढेको छ । महासंघका अनुसार चाँदीको मूल्य अघिल्लो दिनभन्दा प्रतितोला ५ रुपैयाँले बढेको हो । अघिल्लो दिन प्रतितोला १ हजार ९०० रुपैयाँ कायम रहेको चाँदीको मूल्य बिहीवार प्रतितोला १ हजार ९०५ रुपैयाँ कायम भएको हो ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपालमा समेत त्यसको असर देखिएको सुनचाँदी व्यवसायी महासंघले प्रष्ट पारेको छ ।