काठमाडौं । गत बिहीवारयता दिनहुँ रेकर्ड कायम गरेको सुनको भाउमा आइतवार (आज) पनि नयाँ कीर्तिमान कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेर १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ । याे मूल्य हालसम्मकै उच्च हो ।
त्यसअघि गत शुक्रवार सुनको भाउ रेकर्ड कायम गर्दा तोलाको १ लाख ८५ हजार रुपैयाँ कायम भएको थियो । त्यसको अघिल्लो दिन पनि सुनको भाउ १ लाख ८१ हजार १०० रुपैयाँ कायम हुँदै रेकर्ड कायम भएको थियो ।
नेपाली बजारमा सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । एकैदिन प्रतितोला ५५ रुपैयाँले बढेर चाँदीको मूल्य आइतवार प्रतितोला १ हजार ९६० रुपैयाँ पुगेको हो ।