काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) को प्रस्तावलाई चैत २ गते मंगलवार पारित गर्दैछ । कम्पनीले मंगलवार वार्षिक साधारण सभा बोलाएको हो । सभाले एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्दै त्यसका लागि आवश्यक जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ ।
अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसका लागि समेत प्रक्रिया पुरा गर्नृृृृृे जिम्मेवारी सञ्चालक समितिलाई सभाले प्रदान गर्नेछ । संस्थापक तर्फबाट ४ र सर्वसाधारण तर्फबाट २ जना सञ्चालक निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय गरिएको छ । कम्पनीले सभामार्फत गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।