काठमाडौं । पछिल्लो समय निरन्तर बढेको सुनको मूल्य मंगलवार भने घटेको छ । गत बुधवारदेखि निरन्तर बढेको सुनको मूल्य मंगलवार भने प्रतितोला १ हजार ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो । महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन सुन प्रतितोला १ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो । मंगलवार चाँदीको मूल्य पनि घटेको छ । यो दिन चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो । अघिल्लो दिन १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलवार १ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको हो । आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ५८ हजार १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ६७ रुपैयाँ ५० पैसा कायम भएको महासंघको भनाई छ ।