काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको १० वर्षे अवधिको ऋणपत्र बाँडफाँट गरिएको छ ।
बैंकले ७ प्रतिशत ब्याजदरको ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र विक्री सम्पन्न गरेको हो । कुल कित्ता ऋणपत्रमध्ये बैंकले ६० प्रतिशतले हुने ३० लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरेको हो भने ४० प्रतिशतले हुने २० लाख कित्ता ऋणपत्र भने सर्वसाधारणमा विक्री गरेको हो ।
सर्वसाधारणमा चैत २५ गतेदेखि २८ गतेसम्म सार्वजनिक निष्कासन गरेको ऋणपत्र चैत ३१ गते बाँडफाँट गरेको जानकारी कम्पनीले दिएको हो । यो ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले पूरा गरेको छ ।