काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १०० घटेको बढेको छ । गत शुक्रवार १ लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार भने १ लाख ६० हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ९०५ कायम भएको छ ।
गत कात्तिक १ गते १ लाख ६२ हजारमा कारोबार भएको सुनको मूल्य १५ गते सम्म आइपुग्दा १ लाख ७१ हजार कायम हुँदै कीर्तिमान बनाएको थियो । त्यसपछि समान्य उतारचढाव भएको सुनको मूल्य गत जनवरी ५ अर्थात कात्तिक २० गते अमेरिकी राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै मूल्यमा गिरावट आउन थालेको थियो । कात्तिक २९ गते सम्म आइपुग्दा सुनको मूल्य १ लाख ६० हजार कायम भएको थियो भने ३० गते १०० रुपैयाँले बढेको थियो ।
आज अन्तरराष्ट्रिय बजारमा समेत सुनको मूल्य समान्य अंकले घटेको छ । सुनको अन्तरराष्ट्रिय मूल्यको तथ्यांक राख्ने गोल्ड पराइस् डटकमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस २ हजार ५६२ दशमलव ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आज नेपाली बजारमा डलरको मूल्य स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार शनिवार अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको मा आज पनि सोही दर कायम भएको हो ।
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ । युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ५१ पैसा, बिक्रीदर १४३ रुपैयाँ १५ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १७० रुपैयाँ ८७ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ ।
केन्द्रीय बैंकले स्वीस फ्रयाङ्क एकको खरिददर १५१ रुपैयाँ ८४ पैसा, बिक्रीदर १५२ रुपैयाँ ५१ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २५ पैसा, बिक्रीदर ८७ रुपैयाँ ६४ पैसा निर्धारण भएको जनाएको छ । क्यानडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९९ पैसा, बिक्रीदर ९६ रुपैयाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ रुपैयाँ ५१ पैसा, बिक्रीदर १ रुपैयाँ ९५ पैसा, जापानी येन १० को खरिददर आठ रुपैयाँ ६७ पैसा, बिक्रीदर आठ रुपैयाँ ७१ पैसा तय भएको छ ।
चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा, बिक्रीदर १८ रुपैयाँ ७२ पैसा, साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ८८ पैसा, बिक्रीदर ३६ रुपैयाँ चार पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा, बिक्रीदर ३७ रुपैयाँ १३ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।
यस्तै, थाई भाट एकको खरिददर तीन रुपैयाँ ८७ पैसा, बिक्रीदर तीन रुपैयाँ ८८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा, बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ १४ पैसा, बिक्रीदर ३० रुपैयाँ २७ पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर नौ रुपैयाँ ६६ पैसा र बिक्रीदर नौ रुपैयाँ ७० पैसा निर्धारण भएको छ ।
स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३० पैसा, बिक्रीदर १२ रुपैयाँ ३५ पैसा, डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ११ पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७ रुपैयाँ ३९ पैसा तय गरेको छ ।
यस्तै, कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ २४ पैसा र बिक्रीदर ४४० रुपैयाँ १९ पैसा र बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ४७ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ छ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।