काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओले पहिलो कारोबारको लागि रू. ९९ दशमलव ८६ देखि २९९ दशमलव ४ ओपन रेञ्ज पाउने देखिएको छ ।
कम्पनीको आव २०७७/७८ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. ९९ दशमलव ८० रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो ।
नेपाल स्टक एक्सचेञ्जले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही आधारमा कम्पनीको आइपीओले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको आईपीओ हाल नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ ।
कम्पनीको आईपीओ माघ २३ गते बाँडफाँट भएको थियो । कम्पनीले निष्कासन गरेको आईपीओमा १ लाख ७४ हजार ३०० जनाले आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । कम्पनीले माघ ९ गतेदेखि १२ गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर १०० अंकित मूल्यका १७ लाख ४३ हजार कित्ता शेयर निष्कासन गरेको थियो ।