काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ करोड ४२ लाख ६६ हजार ३२३ दशमलव ५० कित्ता शेयरको लकइन चैत २० गतेदेखि सकिने भएको छ । साविक ज्योति लाइफ इन्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी एक भई २०७९ पुस ७ गतेदेखि एकीकृत कारोबार शुरु गरेका हुन् ।
यस कम्पनीको नेपाल धितोपत्र बोर्डमा दर्ता भएको कुल शेयरमध्ये साविक ज्योति लाइफ इन्स्योरेन्सको संस्थापक शेयरधनी तथा कर्मचारीको स्वामित्वमा रहेको शेयर एवम् संस्थापक समूहबाट सर्वसाधारण समूहमा परिणत भएको उक्त शेयरको लकइन चैत २० गते समाप्त हुन लागेको हो ।
मर्जरपश्चात कायम शेयरमध्ये संस्थापक समूहतर्फको १ करोड १ लाख ७५ हजार ९७९ कित्ता, संस्थापक समूहबाट सर्वसाधारणमा परिणत भएको ३७ लाख ९१ हजार ५१ कित्ता र कर्मचारीलाई सुरक्षित गरिएको २ लाख ९९ हजार २९३ दशमलव ५० कित्ता शेयरको लइकन खुला हुन लागेको हो ।
यी शेयरहरूको लइकन खुला भए पनि कम्पनीका सञ्चालक, कार्यकारी प्रमुख, लेखा परीक्षक, कम्पनी सचिव, उच्च व्यवस्थापकिय पदमा कार्यरत कर्मचारी, लेखासम्बन्धी कार्यमा प्रत्यक्ष संलग्न कर्मचारीको स्वामित्वमा रहेको शेयर भने रोक्का नै रहने जानकारी कम्पनीले दिएको छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्