काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको शेयर कम्पनीकै संस्थापक शेयरधनीहरूका लागि विक्रीमा राखेको छ । कम्पनीले शेयरधनी रमेश चोखानीको नाममा रहेको २७ हजार ३२१ कित्ता शेयर विक्रीमा राखेको हो ।
उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक लगानीकर्ताले आफूले खरीद गर्न चाहेको शेयर संख्या र सोको मूल्य समेत उल्लेख गरी ३५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।
बोलपत्र कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल, थापाथली–११, काठमाडौंमा कार्यालय समयभित्र पेश गर्नु पर्नेछ । साथै तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरीदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा विक्री खुला गरिने कम्पनीले जनाएको छ ।