काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्स आर्थिक वर्ष २०८०/८१ को बीमांकीय मूल्यांकन प्रतिवेदन नेपाल बीमा प्रधिकरणबाट स्वीकृत गर्ने पहिलो जीवन बीमा कम्पनी भएको छ । साथै कम्पनी प्राधिकरणबाट जारी रिस्क बेस्ड क्यापिटल निर्देशिकालाई पालना गर्दै आरबीसी भेलुयसन स्वीकृत गर्ने पहिलो जीवन बीमा कम्पनी समेत बनेको बताइएको छ ।
कम्पनीले सावधिक जीवन बीमा योजनामा न्यूनतम रू. ४० देखि ७५ सम्म, सावधिक तथा आजीवन जीवन बीमा योजनामा न्यूनतम रू. ४० देखि ७५ सम्म, अग्रिम भुक्तानी जीवन बीमा योजनामा न्यूनतम रू. ४२ देखि ६० सम्म र चौरासी पूजा जीवन बीमा योजनामा न्यूनतम रू. ४५ देखि ९० सम्म बोनस दिने बताएको छ । कम्पनीले ३५ घातक रोगविरुद्ध रू. ५० लाखसम्मको उपचार खर्चको सुविधा प्रदान गर्दै आएको बताएको छ । कम्पनी आइएसओ ९००१:२०१५ द्वारा विभूषित एकमात्र जीवन बीमा कम्पनी भएको बताइएको छ ।