काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा प्रकाशविक्रम खत्रीलाई नियुक्त गरेको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले खत्रीलाई चार वर्षका लागि कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा करारमा नियुक्त गरेको नेप्सेमार्फत जानकारी दिएको छ । यसअघि खत्री ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत थिए ।
सूर्य लाइफ र ज्योति लाइफ इन्स्योरेन्स मर्जरमा गई पुस ७ गतेदेखि एकीकृत कारोबार शुरू गरेका हुन् । सूर्यज्योति लाइफ इन्स्योरेन्सको १ कित्ता शेयर बराबर ज्योति लाइफको शून्य दशमलव ८२ कित्ता अनुपातमा मर्जरमा गएका हुन् ।