काठमाडौं। हाल देशमा बढिरहेको जाडोलाई ध्यानमा राखी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न स्थानमा ‘जीवनको लागि न्यानो साथ’ अभियान सञ्चालन गरी कम्बल तथा न्यानो कपडा वितरण गरेको छ । सूर्यज्योतिले आफ्नो मूलमन्त्रको रूपमा अवलम्बन गरेका सात तत्त्वमध्ये एक ‘न्यानोपन’लाई आत्मसात गर्दै देशभर बढिरहेको चिसोको कहरबाट बच्न राहत पुर्याउने उद्देश्यले असहाय बालबालिका, वृद्धवृद्धा तथा विपन्न वर्गलाई ध्यानमा राखी सहयोगको शुरुआत गरेको बताइएको छ ।
कम्पनीले मधेशअन्तर्गत कलैयास्थित अमृता अनाथ आश्रम कलैयाका बालबालिकाका लागि २२ ओटा ज्याकेट र जनकपुरस्थित नारायण बाबा दलित जनजाति स्कुलका विद्यार्थीका लागि ४६ ओटा गरी ६८ ओटा न्यानो ज्याकेट वितरण गरेको हो ।
त्यस्तै कम्पनीले बागमती प्रदेशअन्तर्गत ललितपुरको पाटन सामुदायिक पुन:स्थापना संस्थासँगको सहकार्यमा अपांगता समस्या भएका बालबालिका तथा युवाका लागि ५० ओटा न्यानो ज्याकेट वितरण गरेको हो । कम्पनीले गण्डकी प्रदेशको बागलुङका काठेखोला गाउँपालिका–५, बिहुदहपानीस्थित बालग्राम आधारभूत विद्यालयका विद्यार्थीका लागि ८५ ओटा न्यानो ज्याकेट वितरण गरिएको बताइएको छ ।
कम्पनीले लुम्बिनीको कपिलवस्तु महाराजगंज नगरपालिका–१०, हदौना क्षेत्रका अति विपन्न ५०० परिवारलाई ५०० ओटा न्यानो सिरक वितरण गरेको थियो ।