काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३१ हजार २६६ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ । कम्पनीले माघ ६ गते सर्वसाधारणमा यी शेयर विक्रीका लागि सूचना जारी गरेको हो ।
यसअघि विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री नभएपछि कम्पनीले अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गर्न लागेको हो ।
इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ललितपुरमा वा शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
कम्पनीले गोविन्द शर्माको नाममा रहेको यी शेयर विक्री गर्न लागेको हो ।