काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ११ लाख ८७ हजार ९७७ दशमलव १८ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ । कम्पनीले वैशाख ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।