काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले गंगा श्रेष्ठको नाममा रहेको ३ हजार ९२१ कित्ता शेयर विक्रीमा ल्याएको हो ।
उक्त शेयर खरीदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरूलाई दिइएको थियो । तोकिएको समयभित्र शेयरधनीबाट शेयर खरीद आवेदन नपरेपछि सर्वसाधराण शेयरधनीहरूको लागि विक्री गर्न लागिएको हो ।
उक्त शेयर खरीद गर्न इच्छुकले आवश्यक कागजातसहित कम्पनीको कर्पाेरेट कार्यालय महालक्ष्मी–०४, ललितपुर वा शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड नक्सालमा ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । शेयरको विक्री मूल्य विक्रेताले तोकेबमोजिम हुने कम्पनीले जनाएको छ ।