काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले ३ जना संस्थापक शेयर धनीको नाममा रहेको ४७ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।
उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको (कार्तिक ६) मितिबाट ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बनेपा–१३,साँगा, काभ्रेपलाञ्चोकमा निवेदन पेश गर्नुपर्नेछ ।
उक्त समयमा कुनै निवेदन प्राप्त नभएमा प्रचलित कानून बमोजिम सर्वसाधारणका लागि विक्रीमा ल्याइने समेत कम्पनीले जनाएको छ ।