काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३३ करोड ९४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको खुद नाफा २१ दशमलव २८ प्रतिशत बढी भएको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले २७ करोड ९९ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको सञ्चालन नाफा भने करीब ११ प्रतिशत घटेको छ ।
अघिल्लो वर्ष ५८ करोड ७९ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष ५२ करोड ५० लाख रुपैयाँभन्दा बढी मात्र सञ्चालन नाफा गरेको हो । गत वर्ष कर खर्चमा कमी आउँदा कम्पनीको खुद नाफा बढ्न पुगेको हो । अघिल्लो वर्ष ३० करोड रुपैयाँभन्दा बढी रहेको आम्दानी कर गत वर्ष १५ करोड ८९ लाख रूपैयाँभन्दा बढी मात्र भएको छ ।
गत चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने २५ करोड ७० लाख रुपैयाँभन्दा बढी बढी छ । १५ प्रतिशत बोनस शेयरमार्फत पूँजी बढाएर १ अर्ब २९ करोड ४ लाख ९५ हजार रुपैयाँ पुर्याएको कम्पनीको शेयर प्रिमियम ८ लाख रुपैयाँभन्दा बढी र रिटेन्ड अर्निङ ५८ करोड २८ लाख रुपैयाँभन्दा बढी छ । जगेडा कोष रकम भने १ अर्ब ३८ करोड रूपैयाँभन्दा बढी छ ।
अघिल्लो वर्षभन्दा करीब ७ प्रतिशत बढी १२ अर्ब ८० करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले ३ दशमलव १२ प्रतिशत कम १८ अर्ब २९ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा अघिल्लो वर्ष ५ दशमलव ८८ प्रतिशत रहेकोमा गत वर्ष ८ दशमलव ६६ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ३१ पैसा छ भने प्रतिशेयर नेटवर्थ २५२ रुपैयाँ ४६ पैसा छ ।