काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले २२औं वार्षिक साधारण सभा पुस ४ गते गर्ने भएको छ । सभा अम्रपाली ब्याक्वेट क्याटरिङ्ग इभेण्ट्स बालुवाटार मार्ग काठमाडौंमा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले १२ दशलमव ३६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसैगरी सभाले एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति गर्नको लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले मङ्सिर २२ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा मङ्सिर २१ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।