काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि बुक क्लोज गर्दैछ ।
सोही अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउनुका साथै लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले गत आर्थिक वर्ष (आव)को मुनाफाबाट शेयरधनीलई १२ दशलमव ३५९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६५०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ४ गते बिहान ११ बजे २२ औं साधारणसभा बोलाएको छ ।