काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको ९ सय ३६ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी भएको छ । कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री खुला गर्दा वितरण हुन नसकेको उक्त शेयर सर्वसाधारणले खरीद गर्न सक्ने गरी विक्री खुला गरेको हो । इच्छुक खरीदकर्ताहरूले ३५ दिनभित्र यो शेयर खरीदका लागि आवेदन पेस गर्न सक्नेछन् ।
शेयर खरीद गर्न इच्छुक सर्वसाधारण लगानीकर्ताले कम्पनीको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौंमा आइपुग्ने गरी निवेदन दिन सक्नेछन् । विक्री गर्न चाहेको प्रतिशेयर मूल्य रू. ७ सय छ । सोही मूल्यलाई आधार मानेर खरीदकर्ताले निवेदन पेस गर्नुपर्ने हुन्छ ।