काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई पुरानो नगद लाभांश लिन अुनरोध गरेको छ । कम्पनीले आर्थिक वर्ष २०६३/६४ देखि २०७३/७४ सम्मको नगद लाभांश हालसम्म पनि बुझिलिन बाँक रहेकाले उक्त नगद लाभांश लिन अनुरोध गरेको हो ।
यो सूचना प्रकाशित गरेको आजको मितीले ३५ दिनभित्र शेयरधनीले आफ्ना शेयर प्रमाणपत्रका साथै परिचयपत्र लिई वा उल्लेख्ति आवमा शेयरधनी रहेको तर हाल शेयर विक्री गरिसकेका शेयरधनीले आवश्यक कागजात सहित कमपनीको शेयर रजिष्ट्रार हिमालयन क्यापिटल लिमिटेड सञ्चय कोष भवन ठमेलमा सम्र्पक गर्नुपर्नेछ ।
साथै आव २०७४/७५ देखि २०७८/७९ सम्मको बुझिलिन बाँकी रहेको नगद लाभांश रकमहरु पनि कम्पनीको शेयर रजिष्ट्रार हिमालयन क्यापिटलबाट लिन कम्पनीले शेयरधनीलाई अनुरोध गरेको छ ।