काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा शनिवार नेपाल हाउस हात्तीसार काठमाडौंमा सम्पन्न भएको हो ।
सभाले ७ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३६८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
त्यस्तै सभाले सर्वसाधारणमा एफपीओ निष्कासन गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १३ गते बुक क्लोज गरेको थियो । यस बुक क्लोजको आधारमा फागुन १० गते सम्म कायम शेयरधनीले लाभांश पाउनयोग्य भएका छन् ।