काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनीको आईपीओ विहीवार नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ३० लाख कित्ता साधाधारण शेयर सूचीकृत भएको हो । अब कम्पनीको शेयर आइतवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू. ६४ दशमलव ९६ देखि १९४ दशमलव ८८ ओपन रेञ्ज तोकेको छ । पहिलो कारोबारको लागि कम्पनीले नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
कम्पनीले ६ लाख कित्ता सर्वसाधारणको लागि, ३ लाख कित्ता उद्योग प्रभावित स्थानीय बासिन्दाका लागि र २१ लाख कित्ता संस्थापकहरूको लागी गरेर कुल ३० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो । नेप्सेमा सूचीकृतपश्चात् दिनुपर्ने आरटीएस सेवा काठमाडाैं, लाजिम्पाटस्थित एनआईबिएल एस क्यापिटलबाट हुने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीको स्टक सिम्बोल एसपीएचएल रहेको छ ।