काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले ४ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले पुस २४ गते सम्पन्न २७औं वार्षिक साधारण सभाबाट पारित भएको उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतपछि सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो ।
यही चैत १४ गते बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको कम्पनीले पुस ११ गतेसम्म कायम शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको हो ।
पुस ११ गतेसम्म धितो राखी कर्जा लिएका शेयरधनीको हकमा उक्त बोनस शेयर कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाई हितग्राही खातामा जम्मा गरिएको कम्पनीको भनाइ छ ।
कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्नसमेत कम्पनीले आग्रह गरेको छ । यस वर्ष कम्पनीले कुल १५ प्रतिशत लाभांश वितरण गरेको हो । करसमेत ११ प्रतिशत नगद लाभांश भने कम्पनीले माघ ५ गतेदेखि नै वितरण गरेको हो ।