काठमाडौं । सिन्धु विकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको तीन महीना अर्थात् पहिलो त्रैमासमा रू. २१ लख ५८ हजार नाफा कमाएको छ । कम्पनी गत आवको पहिलो त्रैमासमा रू. ६६ लाख ६९ हजार नोक्सानीमा थियो ।
चालू आवमा कम्पनीको इम्पेरिमेण्ट चार्ज घटेसँगै सञ्चालन नाफामा सुधार आएकाले कम्पनी नाफामा गएको हो । गत आवमा कम्पनीको सञ्चालन नाफा रू. ६६ लाख ६९ हजार नोक्सानीमा रहेकोमा चालू आवमा रू. १८ लाख ११ हजार धनात्मक रहेको हो ।
त्यसैगरी कम्पनीको नाफामा सुधार आएसँगै गत आवमा प्रतिशेयर आम्दानी रू. १ दशमलव २० ऋणात्मक रहेकोमा चालू आवमा रू. शून्य दशमलव ३९ धनात्मक भएको हो । कम्पनीको चुक्तापूँजी रू. ५५ करोड ७४ लाख रहेको छ भने चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ११ करोड ३३ लाख सञ्चित गरेको छ ।
सो अवधिमा कम्पनीले रू. ४ अर्ब ७० करोड निक्षेप संकलन गरेको छ भने रू. ३ अर्ब ७१ करोड भन्दा बढी कर्जा लगानी गरेको छ । कम्पनीको वितरणयोग्य नाफा भने रू. ४ करोड ४ लाख ऋणात्मक रहेको छ ।