काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ३ महीना अवधिमा दुग्ध पदार्थको आयातमा करीब ४७ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७८/७९ को पहिलो ३ महीनामा रू. ४१ करोड ९५ लाख बराबरका दुग्ध पदार्थ आयात भएकोमा यस वर्षको सोही अवधिमा रू. ६१ करोड ८२ लाख बराबरको दुग्ध पदार्थ आयात भएका छन् । वैदेशिक रोजगार, अपर्याप्त संरक्षण, पशुपालकलाई हेप्ने सामाजिक प्रवृत्ति, सामुदायिक वनमा गाईभैंसीका लागि सोत्तर, घाँस संकलन तथा चरणमा व्यवधान, ग्रामीण भेगमा बढ्दो असुरक्षा र शहरीकरणका कारण यो अवस्था सृजना भएको हो ।