काठमाडौं। भारतको दिल्लीस्थित प्रगति मैदानमा मार्च ४ देखि ८ सम्म भारतकै सबैभन्दा ठूलो दाबी सहितको ट्रेड फेयर ‘आहार’ गरिएको छ । उक्त ट्रेड फेयरमा नेपालबाट सहभागी काबरा ग्रुपले क्वालिटी फूड एण्ड स्न्याक्स प्रालि, क्वालिटी फूड्स नेपाल प्रालि र क्वालिटी नूडल्स इण्डष्ट्रिज प्रालिका उत्पादन बिस्कुट, स्न्याक्स तथा नूडल्स फेयरमा राखेको थियो । ती उत्पादनलाई अवलोकनकर्ताले महत्त्वका साथ हेरेको बताइएको छ ।
केटाकेटीदेखि युवा र प्रौढदेखि वृद्धवृद्धासम्मलाई सुहाउँदो बजारमूल्यमा नौलो स्वाद र आकर्षक प्याकेजिङका साथ प्रस्तुत गरेको ‘ज्याकपट’ ब्राण्डका नूडल्स तथा स्न्याक्सप्रति सर्वसाधारणदेखि उद्योगी व्यवसायीले अवलोकनको क्रममा उत्सुकता देखाएको बताइएको छ । सो अवसरमा स्थानीय तथा तेस्रो मुलुकका व्यवसायीको उत्साहजनक उपस्थितिका साथ व्यावसायिक सोधखोज, छलफल र अन्तरक्रियासमेत सम्पन्न भएको बताइएको छ । सो ट्रेड फेयरमा भारतीय र तेस्रो मुलुकबाट आएका व्यवसायीले प्रदेश र क्षेत्रगत सुपर डिष्ट्रिब्युटर्स, सोल डिष्ट्रिब्युटर्स र रिजनल डिष्ट्रिब्युटर्सको प्रस्तावना पेश गरेको बताइएको छ । ट्रेड फेयरमा प्राप्त प्रोत्साहनबाट काबरा ग्रुपले आउँदो वर्षमा अनुमानित २०० करोड रुपैयाँ माथिको निर्यात गर्ने लक्ष्य राखेको बताइएको छ ।