काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा विश्वका दर्जनौं देशहरूमा लगाइएका "पारस्परिक" शुल्कहरू बुधबारदेखि लागू भएका छन् । बुधवार देखि लागु भएका ठूला करहरूले चिनियाँ सामानमा सबैभन्दा बढि प्रभावित बनेको छ । ट्रम्पको नयाँ कर नितीले चिनियाँ सामानमा १०४ प्रतिशतसम्म शुल्क लाग्ने भएको छ । यसले विश्वव्यापी व्यापार युद्धलाई अझ गहिरो बनाएको छ ।
आधारभूत करहरू भने गत शनिवार बाट नै लागु भइसकेका छन् । त्यसको जवाफमा चीनले पनि अमेरिकी सामानमा कर वृद्धिको घोषणा गरेका थियो । प्रत्युत्तरात्मक शुल्कहरूको जवाफमा ट्रम्पले गत हप्ता ५४ प्रतिशत मा रहेको चिनियाँ वस्तुमा शुल्कलाई झन्डै दोब्बर गरी १०४ प्रतिशत पुर्याएका छन्। चीनले यस्ता कदमलाई धम्की भन्दै त्यसको विरोध गर्ने बताएको छ।
व्यापार युद्धका कारण अमेरिकामा जुत्ता देखि वाइनसम्मका सबै वस्तु महँगा हुने अर्थशास्त्रीहरूले चेतावनी दिएका छन् । बुधबार मध्यरातसम्म ढुवानीमा रहेका सामानहरू जुन मे २७ भित्र अमेरिकामा आइपुग्छन् तीनमा नयाँ शुल्क लाग्दैन जसको कारण प्रभाव तुरुन्तै महसुस नहुन सक्छ ।