भरतमोहन अधिकारी
पूर्वअर्थमन्त्री
मुलुकको अर्थतन्त्र अत्यन्तै कठिन अवस्थामा रहेका बेला आर्थिक पत्रकारिताको जिम्मेवारी र कर्तव्य बढेको छ । यसका लागि म निम्न सुझाव दिन चाहन्छु :
१.आर्थिक पत्रकारिताको पहिलो र अनिवार्य शर्त के हो भने यसले मुलुकको आर्थिक विकासको एजेण्डालाई स्थापित गराउन तथा त्यसका लागि जनमत निर्माण गर्न सम्पूर्ण सामथ्र्य लगाउनुपर्छ । वर्तमान आर्थिक सङ्कटबाट अर्थतन्त्रलाई बचाउन आर्थिक क्षेत्रमा क्रियाशील पत्रकारहरूले मिशन पत्रकारिता गर्न आवश्यक छ । नेपालको आर्थिक समृद्धि, रोजगारी प्रवर्द्धन, लगानीमैत्री वातावरण, भ्रष्टाचार तथा कालोबजारी नियन्त्रणजस्ता विषयलाई आर्थिक पत्रकारले केन्द्रमा राख्नुपर्छ । आर्थिक एजेण्डामा कुन दलको के विचार छ, उनीहरूको आर्थिक नीति तथा कार्यक्रम के छन् ? यो पनि जनसमक्ष ल्याउने कामलाई प्राथमिकतामा राख्नुपर्छ । आर्थिक विकासको एजेण्डामा सबैका विचार र दृष्टिकोण आउने वातावरण निर्माण गरिदिनुपर्छ । हरेक पार्टीहरूको ऊर्जा, कृषि, निजीक्षेत्रको नीति, पर्यटन नीति, जल उपयोगको नीति, विदेशी लगानी भियभयाउने नीति, गरीबी उन्मूलन गर्ने नीति, रोजगारी सृजना गर्ने नीति, उत्पादन बढाउने नीति, वितरणको नीति, शिक्षा स्वास्थ्यनीतिजस्ता कुराहरू सार्वजनिक बहस गराउने किसिमले आमजनताका बीचमा ल्याइदिनुपर्छ । ऊर्जा सङ्कट किन समाधान हुन सकेन ? कृषिले किन उन्नति गर्न सकेन ? बेरोजगारी बढ्नुको कारण के हो ? अर्थतन्त्रमा किन लगानी बढ्न सकेनजस्ता विषयले प्राथमिकता पाउनुपर्छ । मैले ०६८ सालमा तीनखम्बे अर्थनीतिको अवधारणामा बजेट ल्याएँ । प्याकेजसहित ल्याएको त्यो अर्थनीतिको अहिले चर्चा नै छैन । त्यतातिर आर्थिक पत्रकारिताको ध्यान जानुपर्छ ।
२. कहिलेकाहीँ आर्थिक पत्रकारितामा पनि पीतपत्रकारिताको रोग देखिन्छ । आगह्र –पूर्वाग्रह राखरे समाचार सम्प्रेषण गर्ने, तथ्यहीन, कपाले कल्पित र व्यक्तिको राजनीतिक, सामाजिक जीवन समाप्त पार्ने नियतले पनि समाचार प्रकाशित भएको पाइन्छ । आर्थिक पत्रकारिता ज्यादै संवेदनशील विषय भएकाले यस्तो नियतले चौतर्फी रूपमा नकारात्मक असर गर्छ । त्यसबाट म आफै पीडित छु । ०६७ माघमा म अर्थमन्त्री भएँ । त्यसबेला ममाथि कपोलकल्पित, भ्रामक र तथ्यहीन ढङ्गले नानाप्रकारका लाञ्छना लगाएर समाचार आयो । मैले भ्याट छल्न सहयोग गरें नक्कली बिल बनार्इ भ्याट छली गर्नेलाई संरक्षण गरें, बेलैमा बजेट ल्याउनुको कारण नक्कली बिलभाचै र बनाउनलाई सहयोग गर्ने उद्देश्य हो, यसरी नीतिगत भ्रष्टाचार गरें भन्नेजस्ता मनगढन्ते समाचार प्रकाशित भए । तर, त्यो आरोप कहीँ कतै प्रमाणित हुनेवाला त थिएन । बरु मैले नै त्यस्ता उद्योगीव्यवसायीलाई कानूनी कठघरामा उभ्याएँ । त्यस्ता समाचारले मलाई निरुत्साहित गरे । तर, गैरकानूनी काम गर्ने व्यवसायीलाई प्रोत्साहन भयो । विकसित मुलुकमा लेखेका समाचारको पुष्ट्याइँ भएन भने कडा कारबाही हुन्छ र त्यहाँको पत्रकारिता सम्मानित, विश्वसनीय एवम् प्रतिष्ठित छ ।
३. नेपालको आर्थिक पत्रकारिताले मुलुकको आर्थिक विकासको साझा एजेण्डा निर्माण गर्ने कार्यलाई आफ्नो जिम्मेवारी र कर्तव्यभित्र समेट्न आवश्यक छ । हामीले साझा एजेण्डा तय गर्न सकेनौं भने मुलुकको आर्थिक विकासको सम्भावना निकै कम छ । किनभने, विगत ५० वर्ष र ०४६ सालपछिको अवस्था हेर्ने हो भने मुलुकमा राजनीतिक अस्थिरताको पराकाष्ठा देखिन्छ । छिटो सरकार परिवर्तन हुँदा त्यसको असर विकास निर्माणमा परेको छ । सरकारसँगै आर्थिक नीति, एजेण्डा र प्राथमिकता परिवर्तन हुनाले नै मुलुकको आर्थिक विकासले गति लिन नसकेको हो । यस्तो समस्याबाट मुक्त हुन साझा एजेण्डा निर्माण गर्नैपर्छ, जसले सरकार परिवर्तन भए पनि त्यही एजेण्डा कार्यान्वयन गर्न बाध्य हुन्छ । मुलुकका मुख्य राजनीतिक दलहरूबीच आर्थिक एजेण्डामा धेरै ठूलो मतभिन्नता छैन । निजीक्षेत्रको विकासमा सबैको एकमत छ । कृषिको उन्नतिका लागि सबै सहमत छन् । विदेशी लगानीको सन्दर्भमा सबैका दृष्टिकोण मिल्छन् । सहकारीलाई उत्पादक शक्तिको विकासको माध्यम बनाउन सबैले सहमति जनाएकै छन् । जलस्रोतको विकासमा सबैको धारणा मिल्छ । पर्यटन उद्योगलाई सबैले तुलनात्मक लाभको क्षेत्र मानेर त्यहीअनुसार विकास गर्न तयार छन् । पूर्वाधार, शिक्षा, स्वास्थ्यमा समान दृष्टिकोण छन् । तर, यसमा दलहरू फरकफरक देखिनुको कारण साझा एजेण्डा नबनाएर नै हो ।
डा. प्रकाशचन्द्र लोहनी
पूर्वअर्थमन्त्री
मुलुकमा राजनीतिक सङ्कट विद्यमान छ । राजनीतिक निकास हुन नसक्दा आर्थिक गतिविधि र विकास निर्माणका कार्य ठप्प छन् । तर, मुलुकको यस्तो सङ्क्रमणकालीन अवस्थामा समेत आर्थिक पत्रकारितामा उत्साहजनक विकास भइरहेको देखिन्छ । समग्रमा भन्दा नेपालको आर्थिक पत्रकारिता विकासोन्मुख अवस्थामा छ । अहिले विद्युतीय र छापा सञ्चारमाध्यमले समेत आर्थिक बिट छुट्ट्याउने गरेको पाइन्छ । त्यसमा पनि दैनिक, साप्ताहिक, अर्धसाप्ताहिक पत्रपत्रिकाले पनि आर्थिक समाचारमा प्राथमिकता दिन थाल्नुलाई आर्थिक पत्रकारितामा उत्साहजनक विकास भइरहेको सहजै अनुमान गर्न सकिन्छ ।
आर्थिक पत्रकारिताको कुरा गर्दा मैले दुईओटा राष्ट्रिय आर्थिक दैनिकले उल्लेख्य योगदान गरेको पाएको छु । यसरी मुलुकमा आर्थिक पत्रकारितामा उत्साह देखिनु भनेको आर्थिक विकासलाई पनि टेवा पुग्नु हो । आर्थिक पत्रकारिताप्रति अहिले चासो पनि बढेको पाइन्छ । आर्थिक विकास र त्यसका सम्भावनाबारे खोजी गर्न आर्थिक पत्रकारिताले मद्दत गरेको छ ।
नेपाली समाजको विकासका लागि आर्थिक पत्रकारिताको अहम् भूमिका रहन्छ । आज मुलुकको आर्थिक अवस्था कस्तो छ ? भन्नेबारे विश्लेषण गर्न आवश्यक छ । त्यसका लागि आर्थिक पत्रकारिताले महइभ्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । मुलुकको वर्तमान अर्थतन्त्र र त्यसमा गर्न सकिने सुधारका लागि आर्थिक पत्रकारिताको माध्यमबाट अध्ययन र अनुसन्धान जरुरी छ । आर्थिक पत्रकारिताका कारण अहिले मुलुकमा आर्थिक चिन्तन, अध्ययन र विश्लेषण गर्ने क्रम शुरू भएको छ । नेपालमा आर्थिक पत्रकारिता शुरुआतको चरणमा छ । तर, शुरूका चरणमा यति धेरै प्रगति गर्नु भनेको आर्थिक पत्रकारिता सकारात्मक दिशातिर विकास भइरहेको सङ्केत हो ।
आर्थिक पत्रकारिता अध्ययन गरेका विज्ञ तथा दक्ष जनशक्ति आवश्यक आर्थिक पत्रकारितालाई अझै विकास गर्ने हो भने यससम्बन्धी अध्ययन गरेका जनशक्तिलाई सञ्चारमाध्यममले प्रोत्साहन र अवसर दिन आवश्यक छ । अर्थतन्त्र सङ्कटको कारण, सैद्धान्तिक तथा प्रयोगात्मक आर्थिक पत्रकारिताको ज्ञान भएका दक्ष जनशक्तिलाई विश्वविद्यालयले पनि उत्पादन गर्न सक्नुपर्छ । अर्थतन्त्र गतिशील हुनुपर्छ : नेपालको अर्थतन्त्र गतिशील भए मात्र आर्थिक पत्रकारितालाई विकास गर्न सकिन्छ । अर्थतन्त्र गतिशील भएमा त्यसका सम्भावना र चुनौतीबारे अध्ययन,
विश्लेषण, सर्वेक्षण र अनुसन्धान गर्ने क्रम बढ्छ । अर्थविद्ले योजनाहरू बनाउने छन् । यी कारणले पनि आर्थिक पत्रकारितामा विकास हुँदै जान सक्छ ।
पूर्वाग्रह नराख्ने आर्थिक पत्रकारिता हुनुपर्छ :
कुनै समूहप्रति पूर्वाग्रही नभई आर्थिक विकासलाई मद्दत हुने किसिमको आर्थिक पत्रकारिताको निरन्तरता आवश्यक छ । अहिलेसम्म मुलुकमा केही सञ्चारमाध्यम पूर्वाग्रही किसिमका समूहले सञ्चालन भएको पाइए पनि आर्थिक पत्रकारितामा भने अहिलेसम्म त्यसको असर भने परेको पाइँदैन । तर पनि विनापूर्वाग्रह आर्थिक पत्रकारितालाई निरन्तरता दिन सकिएमा यसको भविष्य उज्ज्वल छ ।
डा. रामशरण महत
पूर्वअर्थमन्त्री
पछिल्लो समयमा आर्थिक पत्रकारिताप्रतिको आकर्षण बढ्दो छ । विद्युतीय र छापा सञ्चारमाध्यमले यसप्रति निकै चासो देखाएका छन् । यो विकास सकारात्मक मान्नुपर्छ । विद्युतीय वा छापा सञ्चारमाध्यमले आर्थिक मुद्दालाई, आर्थिक बहस र गतिविधिलाई प्राथमिकता दिइरहेका छन् । आर्थिक पत्रकार र जनशक्ति पनि दिनानुदिन बढ्दै जानुले मुलुकको आर्थिक पत्रकारिताको भविष्य मैले मात्र होइन, धेरैले उज्ज्वल देखिरहेका छन् ।
दुर्भाग्यवश मुलुकमा राजनीतिक स्थिरता कायम हुन सकिरहेको छैन । त्यसैले पनि होला, आर्थिक मुद्दाले भन्दा राजनीतिक मुद्दाकेन्द्रित समाचार तुलनात्मक रूपमा विद्युतीय र छापा सञ्चारमाध्यमले प्राथमिकता दिन बाध्य छन् । तर, आर्थिक पत्रकारितालाई विशेष प्राथमिकता दिएर विभिन्न आर्थिक दैनिक पत्रपत्रिकाहरू पनि प्रकाशित भइरहनुले यस विषयप्रति चिन्तन र बहस पनि बढिरहेको अनुभूति गर्न सकिन्छ । राजनीतिक मुद्दाभन्दा पनि आर्थिक मुद्दा महत्वपूर्ण हो भन्ने मानसिकता विस्तारै बन्दै गइरहेको छ । त्यस्तै, विश्वविद्यालय र क्याम्पसले उत्पादन गरेका विषयसम्बद्ध विद्यार्थीलाई सञ्चारमाध्यमले उपयोग गर्नुपर्छ । सञ्चारमाध्यमले लगानी थप गरेर पत्रकारलाई दिनुपर्ने सेवासुविधामा पनि कञ्जुस्याइँ गर्नुहुँदैन ।
आर्थिक पत्रकारिताका लागि तीन सुझाव
१. निरपेक्ष हुन जरुरी : कुनै एउटा समूहको स्वार्थ र हितमा मात्र केन्द्रित नभई समग्र मुलुकको आर्थिक विकास गर्न आवश्यक छ भन्ने हेतुले आर्थिक
पत्रकारितालाई आगाडि बढाउन जरुरी छ । विश्वसनीय ढङ्गले गरिने आर्थिक पत्रकारिता नै टिकाउ हुनेछ । अन्यथा, स्वार्थ र झूटा कुनै एउटा समूहका फाइदाका लागि हुने आर्थिक पत्रकारिता दिगो हुन सक्दैन । यसरी निरपेक्ष भएर गरिने आर्थिक पत्रकारिताले समग्र मुलुक र पत्रकारिता क्षेत्रको नै उन्नति गर्नेछ ।
स्वतन्त्र र निष्पक्ष आर्थिक पत्रकारिताले परनिर्भरतालाई हटाउनेछ । र, स्वयम् सञ्चारमाध्यम अरू कसैको भरमा बाँच्नुपर्दैन । उसले बरु मुलुकको समग्र अर्थतन्त्रलाई नै डोर्याउन मद्दत गर्छ ।
२. लगानीको वातावरण बनाउन मद्दत गर्ने किसिमको आर्थिक पत्रकारिता : लगानीलाई प्रोत्साहन गर्ने किसिमको आर्थिक पत्रकारिता आवश्यक छ । लगानीकर्तालाई प्रोत्साहन भएमा मात्र लगानीको वातावरण बन्दै जानेछ । जसले उत्पादकत्व बढाउने हिसाबले रचनात्मक काम गरेको छ, उसलाई प्रोत्साहन गर्न जरुरी छ ।
३. ग्रामीण क्षेत्रलाई उचित प्राथमिकता : ग्रामीण क्षेत्रमा भइरहेका आर्थिक गतिविधिलाई आर्थिक पत्रकारिताले विशेष प्राथमिकता दिन सक्नुपर्छ । अहिले शहर तथा बजारकेन्द्रित आर्थिक गतिविधिलाई मात्र प्राथमिकता दिने चलनलाई अन्त्य गर्नुपर्छ । यसको अर्थ शहरलाई छाडेर ग्रामीण क्षेत्रका आर्थिक गतिविधिलाई मात्र प्राथमिकता दिनुपर्छ भनेको होइन, ग्रामीण क्षेत्रका आर्थिक गतिविधिले आर्थिक पत्रकारितामा कमै मात्र स्थान पाइरहेका छन् । ग्रामीण गतिविधलाई पनि प्राथमिकता दिन गर्न आवश्यक देखिन्छ ।
डा. युवराज खतिवडा
गभर्नर
नेपाल राष्ट्र बैङ्क
मैले विगत दुई दशकभन्दा अघि देखि आर्थिक पत्रकारितलाई नजिकबाट नियाल्ने मौका पाएको छु । मुलुकको आर्थिक रूपान्तरणसँगै आर्थिक पत्रकारिताले पनि फ्डको मारेको छ । शुरूका दिनमा पत्रपत्रिकाले आर्थिक समाचारका लागि एक पेज/आधा पेज मात्रै छुट्ट्याउँथे । तर, अहिले दैनिक, साप्ताहिक तथा मासिक आर्थिक पत्रिका नै प्रकाशित हुने गरेका छन् । पत्रकारिताको विकाससँगै पत्रकारको समेत क्षमता अभिवृद्धि भएको देखिन्छ । पहिलेको तुलनामा अहिले आर्थिक परिसूचकहरूको विश्लेषण गर्ने क्षमता बढेको छ । आर्थिक गतिविधिहरूको रिपोर्टिङ गर्ने क्षमता बढेको छ । धेरै हदसम्म आर्थिक विश्लेषण गर्ने क्षमता अभिवृद्धि भएको देखिएको छ । आर्थिक पत्रकारिता गर्नेहरू बढेका छन् । पाठकले पढ्ने मौका पाएका छन् ।
सुझावहरू
१. सूचनापाटी हुनुहँदैन
आर्थिक पत्रकारिता अरूले दिएको सूचना टाँस्ने सूचनापाटीजस्तो हुनुहुँदैन । आफ्नो अनुसन्धान र विश्लेषण चाहिन्छ । कसैले भनेको, बोलेको भरमा मात्रै समाचार लेख्नुहुँदैन । त्यसलाई सही हो कि होइन ? विश्लेषण गर्नुपर्दछ । अध्ययन, अनुसन्धान र खोजलाई बढी प्राथमिकता दिनुपर्छ । यसका लागि दक्ष पत्रकार उत्पादन गनुपर्छ । दक्षता विकासका लागि सरोकारवाला निकाय तथा सङ्घसंस्थाले भूमिका खेल्नुपर्छ । आजभोलि पनि तालीम, गोष्ठीलगायत क्षमता अभिवृद्धिका कार्यक्रम हुने गरेका छन् । तर, त्यो पर्याप्त छैन । राष्ट्र बैङ्क, विश्वविद्यालयहरू, विभिन्न मन्त्रालयहरू, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, बीमा समितिलगायत सबै निकायको आर्थिक पत्रकारिता विकासमा भूमिका हुन्छ । उनीहरूले आर्थिक क्षेत्रमा भएका परिवर्तन र विकासबारे पत्रकारहरूलाई जानकारी दिनुपर्छ । यसका लागि तालीम गोष्ठीलगायत कार्यक्रम गर्नुपर्दछ ।
२. व्यावसायिकता
अहिले मिडिया हाउसहरू सङ्ख्यात्मक वृद्धि बढी भइरहेको छ । हामीले गुणात्मक वृद्धिमा पनि जोड दिनुपर्छ । सानो अर्थतन्त्र र सानै बजार भएकाले धेरै मिडिया हुँदा तिनीहरूको आर्थिक अवस्था कमजोर हुन्छ । त्यसका कारण पत्रकारले समयमै तलब नपाउने, कम पाउनेलगायत हुन्छ । यसले उनीहरूको जाँगर, मेहनत तथा सृजनालाई प्रभाव पार्छ । उत्कृष्ट आर्थिक पत्रकारिताका लागि सबैभन्दा पहिला पत्रकारलाई सन्तुष्ट पार्न सक्नुपर्छ । मिडिया हाउस आर्थिक रूपमा बलियो भएको अवस्थामा जस्तोसुकै पत्रकारिता पनि राम्रो बनाउन सकिन्छ । आर्थिक पत्रकारितालाई व्यावसायिक बनाउँदै लैजानुपर्छ । व्यावसायिकता विकास गरेको अवस्थामा आर्थिक पत्रकारिता राम्रो हुन्छ ।
३. विश्वसनीयता
सूचना विश्वसनीय हुनुपर्छ । आर्थिक पत्रकारिताले मुलुकको आर्थिक विकासको धार परिवर्तन हुन सक्छ– सकारात्मक पनि, नकारात्मक पनि । पत्रकारको सूचना, विचार, विश्लेषण यथार्थ हुनुपर्दछ । गलत सन्देश र तथ्याङ्कले अर्थतन्त्रको बाटो नै फरक पारिदिन सक्छ । यसले दुर्घटनासमेत निम्त्याउन सक्छ । त्यसैले, जिम्मेवार हुनुपर्दछ । सही सूचना सम्प्रेषण गर्ने तथा सूचना दिने पनि गर्नुपर्छ । समाचार जेसस्तो भए पनि दिनुपर्छ । तर, सूचनाचाहिँ सन्तुलित हुनुपर्छ । समाचार जस्तोसुकै भए पनि विश्लेषण सकारात्मक गर्नुपर्छ । सकारात्मक आलोचना गर्न पनि सकिन्छ ।
कृष्णहरि बास्कोटा
सचिव, प्रधानमन्त्री
तथा मन्त्रिपरिषद्को
कार्यालय
अहिलेको नेपालको आर्थिक पत्रकारिता उच्चमध्यमस्तरको छ । आर्थिक पत्रकारिताको इतिहास लामो नभए पनि यसको विकास तथा विस्तारको गति भने उच्च छ । अहिले आर्थिक पत्रकारिता व्यावसायिक हुँदै गएको छ । तर, उच्चस्तरको नै भइसकेको अवस्थाचाहिँ छैन । आर्थिक पत्रकारहरू तुलनात्मक रूपमा बढी जिम्मेवार, अद्यावधिक र अध्ययनशील हुनुपर्छ । यसलाई नेपालका आर्थिक पत्रकारहरूले केही अपनाएका छन् । तर, अझै धेरै सुधार्न बाँकी छ । आर्थिक पत्रकारितालाई अझ राम्रो बनाउन केही सुझाव :
१. तालीम र अभिमुखीकरण
आर्थिक पत्रकारिता बढी जिम्मेवारपूर्ण हुन्छ । त्यसैले, यसमा संलग्न सबै पत्रकार समयअनुसार अद्यावधिक हुनुपर्छ । विश्वकै आर्थिक क्षेत्रमा भएका परिवर्तन र विकासलाई बुझ्न आवश्यक छ । प्रवर्तन गरिएका नयाँ विचार र सिद्धान्तबारे जानकार हुनु आवश्यक छ । यसका लागि नियमित तालीम र अभिमुखीकरण चाहिन्छ । आर्थिक पत्रिकारहरूलाई नेपाल आर्थिक पत्रकार समाज, सरकारलगायत विभिन्न निकायले यस्ता तालीम तथा अभिमुखीकरण दिनुपर्छ । यसले उनीहरूको क्षमता अभिवृद्धि गराउछँ । आथिर्क पत्रकारले पत्रकारिताका अध्ययन गररे मात्रै हुँदैन, आथिर्क पक्षबारे पनि जानकार हुनुपर्छ । बुझ्दै नबुझी कुनै वस्तु, व्यक्ति वा संस्थाका बारेमा नकारात्मक टिप्पणी गरिएको अवस्थामा त्यसले ती वस्तु, संस्था वा व्यक्तिलाई मात्र नभई सिङ्गो मुलुकलाई नै प्रभाव पार्छ । आर्थिक पत्रकारहरू राजस्व, शेयर, विदेशी मुद्रा, सुनचाँदी, पेट्रोलियम पदार्थलगायत विभिन्न वस्तु तथा सेवाको बारेमा प्रस्ट विश्लेषण गर्न सक्ने हुनुपर्छ ।
२. अन्तरराष्ट्रिय तहको ज्ञान
आजको आर्थिक पत्रकारिताले स्वदेशी तहको ज्ञान हासिल गरेर मात्रै पुग्दैन । कुनै एक देशको अर्थतन्त्र अन्य मुलुकसँग पनि गाँसिएको हुन्छ । एउटा मुलुकको नीतिनियम तथा ऐनकानूनले अर्को मुलुकको अर्थतन्त्र प्रभावित हुन्छ । त्यसैले, आर्थिक पत्रकारमा अन्तरराष्ट्रिय तहको ज्ञान हुनुपर्छ । मेरो विचारमा नेपालका आर्थिक पत्रकारले खासगरी छिमेकी मुलुकले अवलम्बन गरेका आर्थिक नीति तथा त्यहाँको आर्थिक अवस्थाका बारेमा ज्ञान हासिल गर्नैपर्छ । त्यस्तै, आर्थिक क्षेत्रका अन्तरराष्ट्रिय मान्यता, मापदण्डलगायत विषयमा पनि जानकार हुनुपर्छ । हाम्रो मुलुकको आर्थिक अवस्था, वृद्धिदर, मुद्रास्फीति आदिलाई अन्तरराष्ट्रियस्तरमा तुलना गर्न सक्नुपर्छ । र, सोहीअनुसार विश्लेषणको क्षमतासमेत राख्नुपर्छ । यसो गर्न सकिएमा आर्थिक पत्रकारिता अन्तरराष्ट्रियस्तरको बनाउन सकिन्छ ।
३. बहुपक्षीय अध्ययन
एक पक्षलाई मात्र हेरेर लेखिएको आर्थिक समाचार पूर्ण हुनै सक्दैन । स्थानीयस्तरमा मात्रै नभई क्षेत्रीय तथा अन्तरराष्ट्रियस्तरका समाचार लेख्दासमेत बहुपक्षीय अध्ययन गर्नुपर्छ । उदाहरणका लागि नेपालमा जापानको मित्सुबिसी कम्पनीले लगानी गरेन भने त्यसमा बहुपक्षीय कारण खोज्नुपर्छ । नेपालको नीति ठीक छैन कि ? नेपालका निजीक्षेत्रले लगानीको साझेदारी गर्न सकेनन् कि ? जापान सरकारको विदेशमा लगानी गर्न दिने नीति छैन कि ? अथवा मित्सुबिसीको नेपालमा लगानी गर्न सक्ने क्षमता छैन कि ? यस्ता बहुपक्षीय अध्ययन गरेर मात्रै समाचार लेख्नुपर्छ । राजस्व बढी उठ्यो भने किन बढी उठ्यो भनेर विश्लेषण गर्न सक्नुपर्छ । विदेशी मुद्रा धेरै सञ्चय गर्नु राष्ट्र बैङ्कको सबल कि दुर्बल पक्ष भन्ने विश्लेषण गर्नुपर्दछ । यसो गर्न सकिए समाचार सत्य, निष्पक्ष, जानकारीमूलक र प्रभावकारी हुन्छ ।
कृष्ण ज्ञवाली
सचिव
उद्योग मन्त्रालय
नेपालको आर्थिक पत्रकारितालाई अझ बलियो तथा विश्वासिलो बनाउन सम्बन्धित सञ्चारमाध्यमले अझ मेहनत गर्नुपर्छ । आर्थिक गतिविधिसँग सम्बन्धित मन्त्रालय तथा निकायहरूसँग निरन्तर सम्पर्क तथा सम्बन्ध कायम राख्नुपर्छ ।
१. नवप्रवर्तन
नेपालको आर्थिक पत्रकारिताको अवस्था अहिले चित्तबुझ्दो नै रहेको छ । दुइटा आर्थिक पत्रिका ब्रोडसिट दैनिक सञ्चालनमा छन् । आर्थिक समाचार,विचार, लेख तथा गतिविधिले पनि चित्तबुझ्दो स्थान पाइरहेका छन् । त्यस्ता सञ्चारमाध्यमले राजनीतिलाई आवश्यकताभन्दा बढी स्थान दिएको पाइँदैन । यसले गर्दा पनि विगतका समयभन्दा अहिले आर्थिक पत्रकारिताको अवस्था सुदृढ बन्दै गएको छ । देशको सम्पूर्ण अवस्था आर्थिक पत्रकारिताले देखाउने गर्दछ । आर्थिक अभियान दैनिकको अतिथि सम्पादकजस्ता स्तम्भ निकै महइभ्वपूर्ण छन् । यसले कुनै पनि क्षेत्रमा वर्तमान अवस्थामा रहेको आर्थिक उपलब्धि तथा सम्भावनालाई पनि देखाउन मद्दत गर्छ ।
२. आधिकारिकता
नेपालको आर्थिक पत्रकारितालाई अझ बलियो तथा विश्वसनीय बनाउन सञ्चारमाध्यमले अझ महे नत गनर्पु र्छ । आथिर्क गतिविधिसँग सम्बन्धित मन्त्रालय तथा निकायहरूसँग निरन्तर सम्पर्क तथा सम्बन्ध कायम राख्नुपर्छ । सम्बन्धित निकायका प्रवक्ता तथा आधिकारिक व्यक्तिसँग सम्पर्क गरेर मात्र समाचार प्रकाशन तथा प्रसारण गर्दा उपयुक्त हुन्छ । यस्ता मन्त्रालय तथा निकायले प्रकाशन गर्ने विभिन्न स्मारिका, म्यागजिन तथा अन्य सामग्रीहरूको अध्ययनलाई निरन्तरता दिँद अत्यधिक प्रयोग गर्नुपर्छ । त्यस्तै नेपाल आर्थिक पत्रकार समाज (सेजन)जस्ता आर्थिक पत्रकारहरूको संस्थालाई बलियो तथा व्यावसायिक बनाउँदै लैजानुपर्छ । आर्थिक पत्रकारिता अत्यन्त संवेदनशील विषय हो । एउटा पत्रकारको सामान्य गल्ती वा लापरबाहीले देशको आर्थिक अवस्था डामाडोल हुन सक्छ । त्यसैले, समाचार प्रकाशन तथा प्रसारण गर्दा सत्यतथ्य बुझ्न जरुरी छ । प्रेसमा जानुअघि आधिकारिक व्यक्तिसगँ सम्पर्क गर्नु जरुरी छ । सम्बन्धित निकायका आधिकारिक व्यक्तिहरूले बोलाएको समयमा भेटघाटका लागि जानुपर्छ । आर्थिक गतिधिधिसँग सम्बन्धित विभिन्न कार्यक्रम, सभासमारोहहरूमा निरन्तर सहभागी हुनुपर्छ ।
३. अद्यावधिक ज्ञान
नेपाल मात्र नभएर नेपालको अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने भारत, चीनलगायतका मुलुकको अर्थनीतिसँग पनि अद्यावधिक हुनुपर्छ । त्यस्ता मुलुकमा भएका सामान्य आर्थिक नीतिको परिवर्तनले नेपाललाई पुर्याउने फाइदा तथा बेफाइदाजस्ता विषयमा जानकार हुनु राम्रो हुन्छ । यस्ता विषयमा सम्पूर्ण पाठक तथा नीतिनिर्माताहरूलाई आर्थिक पत्रकारिताले सजिलो बनाइदिएको छ ।
नरेन्द्रकुमार बस्न्यात
अध्यक्ष, नेपाल
उद्योग परिसङ्घ
नेपालमा आर्थिक पत्रकारिताको इतिहास लामो नभए पनि छोटो अवधिमै यथेष्ट उपलब्धि हासिल भएको छ । केही वर्षपअघि आर्थिक समाचार मूलधारका दैनिक पत्रिकाहरूको भित्री पृष्ठमा खोज्नुपर्थ्यो । तर, अहिले आर्थिक तथा व्यावसायिक विषयवस्तुमा मात्र केन्द्रित भएर ब्रोडसिट दैनिक नै प्रकाशन हुन थालेका छन् । मूलधारका अन्य पत्रिकाले पनि आर्थिक समाचार वा गतिविधिलाई प्राथमिकताका साथ प्रकाशन गर्न थालेका छन् । साथै आर्थिक विषयवस्तुमा केन्द्रित भएर थुप्रै टेलिभिजन तथा रेडियो कार्यक्रम पनि प्रसारण भइरहेका छन् । यसबाट नेपालमा आर्थिक पत्रकारिताको विकास तीव्र गतिमा भएको मेरो बुझाइ छ ।
नेपालको आर्थिक पत्रकारिताले देश विकासका लागि आवश्यक लगानीको वातावरण बनाउन राजनीतिक नेतृत्वलाई घचघच्याउने, कर्मचारीतन्त्रलाई आर्थिक अनुशासनका विषयमा सचेत गराउने र निजीक्षेत्रलाई आर्थिक विकास र राष्ट्र निर्माणमा दायित्वबोध गराउनेजस्ता विषयमा अहम् भूमिका खेलिरहेको छ । खासगरी आर्थिक उदारीकरण, निजीकरण, विश्वव्यापीकरणका साथै लगानी अभिवृद्धिको प्रयासमा आर्थिक पत्रकारिताले महइभ्वपूर्ण भूमिका खेलेको पाएको छु । विकासप्रेमी र प्रगतिशील छविलाई कायम गर्दै आगामी दिनमा नेपालको आर्थिक पत्रकारिता निम्न विषयमा केन्द्रित हुनुपर्ने मेरो धारणा छ ।
१. आर्थिक वृद्धि, समष्टिगत स्थायित्व र पूर्णरोजगारी हासिल गर्दै गरीबी र आर्थिक असमानता न्यूनीकरण गर्न आवश्यक राज्यको सीमित साधनको दुरुपयोग हुन नदिन र जनताबाट उठाएको राजस्व जनताकै जीवनस्तर सुधारका क्षेत्रमा खर्च हुने वातावरण बनाउन आर्थिक पत्रकार साथीहरूले चनाखो भएर सत्यतथ्यका आधारमा खोजमूलक लेखरचना, सृजना तथा प्रकाशनलाई निरन्तरता दिनुपर्छ ।
२. अर्थतन्त्रको मेरुदण्ड र आर्थिक वृद्धिको संवाहक निजीक्षेत्रको प्रवद्र्धन, विकास तथा विस्तारका लागि अनुकूल वातावरण, नीतिगत व्यवस्था सृजना र कायम गर्न आर्थिक पत्रकारहरूले निर्वाह गर्दै आएको रचनात्मक भूमिकालाई निरन्तरता दिँदै यसलाई अझ सशक्त बनाउनुपर्छ । पछिल्लो समयमा अर्थतन्त्रको प्रमुख औजार बजेटलाई राजनीतिक हतियार बनाइनुहुन्न भन्ने विषयमा आर्थिक पत्रकार साथीहरूले देखाएको सक्रियतालाई अन्य आर्थिक मुद्दाहरूमा पनि विस्तार गरी थप सशक्त बनाउँदै लैजानुपर्छ ।
३. सरकार वा राज्यबाट निजीक्षेत्रले गर्ने अपेक्षा भनेको औद्योगिक विकास, आर्थिक स्वतन्त्रता र लगानी सुरक्षाको सुनिश्चिततासहितको लगानीमैत्री वातावरण नै हो । यसका लागि राजनीतिक स्थायित्व र आर्थिक एजेण्डाले प्राथमिकता पाउने अवस्था सृजना हुनुपर्छ । निजीक्षेत्र नै आर्थिक विकासको संवाहक हो भन्ने विषयलाई दृष्टिगत गरेर आर्थिक पत्रकारहरूको कलम चल्नुपर्छ भन्ने मेरो विश्वास छ ।
अन्त्यमा
अरूको आचरण, आर्थिक अनुशासन र पारदर्शिताका विषयमा कलम चलाउने आर्थिक पत्रकारहरू सधैं सकारात्मक सोचका साथ आफ्नो आचरण, अनुशासन र पारदर्शिताका विषयमा पनि उत्तिकै सचेत हुनुपर्छ ।
प्रदीपजङ्ग पाण्डे
उपाध्यक्ष, नेपाल
उद्योग वाणिज्य
महासङ्घ
आर्थिक पत्रकारिताले हरेक आर्थिक क्षेत्रका सम्भावना, समस्या, चुनौती र सुझावहरू उजागर गर्छ । गुणस्तरीय वस्तु तथा सेवा उत्पादन, स्वस्थ प्रतिस्पर्धा सृजना, आवश्यक नीति तथा कानून निर्माण र प्रचारप्रसार गराउन आर्थिक पत्रकारिताको महत्वपूर्ण भूमिका हुन्छ । साँच्चै भन्ने हो भने यसले मुलुकको आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका खेल्छ । लगानी भियभयाउन, प्रवर्द्धन एवम् संरक्षण गर्न पनि आर्थिक पत्रकारिताको आवश्यकता छ । नेपालमा पनि अहिले आर्थिक पत्रकारिताको विकास उच्च गतिमा भइरहेको छ । आर्थिक क्षेत्रलाई मात्रै समेट्ने थुप्रै दैनिक पत्रिका तथा अनलाइन पोर्टल आइसकेका छन् । मूलधारका पत्रपत्रिका, टेलिभजन, रेडियोलगायतले पनि आर्थिक समाचारका लागि महइभ्वका साथ छुट्टै स्थान दिने गरेका छन् । यद्यपि, यसको दक्षता, पारदर्शिता र गुणस्तरमा भने अझै सधार गर्न आवश्यक छ ।
‘बेटर बिजनेश जर्नालिजम’का लागि सुझाव
१. दक्षता विकास तटस्थ
कतिपय अवस्थामा सम्बन्धित क्षेत्रमा ज्ञान नै नभएकाहरूले पनि जबरजस्ती समाचार लेखेको देखिन्छ । यसको नतीजा राम्रो हुन्न । उत्कृष्ट आर्थिक पत्रकारिताका लागि सबभन्दा पहिला सम्बन्धित विषयमा पत्रकारहरू दक्ष हुनुपर्छ । खासगरी आर्थिक पत्रकारिता गर्नेहरूले अर्थतन्त्र र यससँग सम्बन्धित सबै पक्षबारे राम्रो ज्ञान हासिल गर्नुपर्छ । समाचार लेख्ने मात्र नभई विश्लेषण गर्ने क्षमतासमेतको अभिवृद्धि गर्नुपर्छ । यसो भएमा मात्रै असल आर्थिक पत्रकारिता सम्भव हुन्छ । आर्थिक पत्रिकारिता अलि बढी संवेदनशील छ । यसमा थोरै पनि गल्ती भयो भने जुनसुकै व्यावसायिक संस्था वा व्यक्तिको करीअर नै समाप्त हुन सक्छ । कुनै संस्था वा व्यक्तिको बारेमा समाचार लेख्नुअघि बुझ्न र पर्याप्त अध्ययन गर्न आवश्यक छ । त्यस्तै, तटस्थ हुन पनि आवश्यक छ । कसैको पक्ष वा विपक्षमा उभिएको अवस्थामा त्यसले सिङ्गो मुलुकलाई नै प्रभाव पार्न सक्छ । यसर्थ तटस्थ भएर गरिएको पत्रकारिता सर्वप्रिय हुन्छ । त्यसैले, आर्थिक पत्रकारिताका लागि दक्षता अभिवृद्धि र तटस्थता आवश्यक छ ।
२. सकारात्मक सन्देश
आर्थिक पत्रकारिता मुलुक विकासको सहयात्री हो । यसर्थ यो बढी सकारात्मक हुनुपर्छ । सकारात्मक भन्दैमा भ्रष्टाचार गरेको ठगेको लगायत समाचारनै सम्प्रेषण नगर्ने भन्नेचाँही होइन । भित्रिएको लगानी, खुलेका उद्योग, सुमधुर औद्योगिक सम्बन्ध, उद्योगी–व्यवसायीले पुर्याएको योगदान, राज्यले आर्थिक विकासमा गरेका क्रियाकलाप, भएका सम्भावनालगायत सकारात्मक विषयमा पनि समाचार लेख्नुपर्छ । यस्ता समाचारले समाजमा सकारात्मक सन्दशे फैलाउँछ । समाजलार्इ सकारात्मक दिशातिर उत्प्रेरि रत गराउछँ ।
३. विश्लेषण र बहस
आर्थिक पत्रकारिताले विश्लेषण र बहसलाई बढी जोड दिनुपर्छ । अबको पत्रकारिताले समास्य पहिचना गर्ने मात्रै होइन, समाधानको बाटो खोजिदिन पनि सक्नुपर्छ । आर्थिक पत्रकारिताले लगानीका क्षेत्र पहिल्याउन सक्नुपर्छ, कति र किन लगानी गर्ने भन्ने विश्लेषण गर्न सक्नुपर्छ । शेयर किन घट्यो किन बढ्यो, कहिले घट्न सक्छ, कहिले बढ्न सक्छ भन्ने विश्लेषण गर्न सक्नुपर्छ । विश्लेषणले बाटो देखाउँछ । त्यस्तै, आर्थिक पत्रकारितामा बहस बढी आवश्यक छ । कुनै एक विषयमा समाचार लेख्दा त्यसमा एकपक्षीय, दुईपक्षीय भन्दा पनि बहुपक्षीय बहस हुन आवश्यक छ । त्यसमा सम्बन्धित सबै पक्षसँग बहस गर्न र उनीहरूको विचार लिन आवश्यक छ । यसरी विश्लेषण र बहसलाई बढी प्राथमिकतामा राखेको अवस्थामा आर्थिक पत्रकारिता अझ बढी राम्रो हुन्छ ।
बाबुराम श्रेष्ठ
अध्यक्ष, नेपाल धितोपत्र बोर्ड (सेबोन)
नेपालमा आर्थिक पत्रकारिताको इतिहास लामो छैन । यद्यपि, अहिले यसले ठूलो फड्को मारिसकेको छ । समग्र पत्रकारिता राष्ट्रको चौथो अङ्ग हो । यसबाट आर्थिक पत्रकारितालाई छुट्ट्याउन मिल्दैन । आर्थिक पत्रकारिताले मूलतः मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । एक हिसाबले भन्दा आर्थिक पत्रकारिता मुलुकको विकासको आधार पनि तर, नेपालको आर्थिक पत्रकारितामा धेरै सुधार तथा विकास गर्न बाँकी नै छ । खासगरी विकास केन्द्रित पत्रकारिता, गहन रिपोर्टिङ र सकारात्मक सन्देशलाई आत्मसात् गर्न सकिए आर्थिक पत्रकारिताको महत्व अझ बढ्छ ।
१. उत्कृष्ट आर्थिक पत्रकारितका लागि केही सुझाव
विकास पत्रकारिताको प्रयोग आर्थिक पत्रकारितालाई विकास पत्रकारिता भन्न सकिन्छ । किनकि, यसले मुलुकको विकासमा योगदान पुर्याउन सक्छ । यसर्थ, नेपालमा पनि विकास पत्रकारिताको अवधारणालाई बुझ्न र सोहीअनुसार प्रयोगमा ल्याउन आवश्यक छ । आर्थिक पत्रकारिताले खासगरी सुशासन र पारदर्शिताको विषयलाई महत्वसाथ उठाउनुपर्छ । यसले मुलुकको अर्थतन्त्र विकासमा महत्वपूर्ण योगदान पुग्छ । विकास पत्रकारिताले समृद्ध परिवार, समाज र राष्ट्रको परिकल्पना गर्दछ ।
२. समाचार सङ्कलन र सम्पादनको गहन शीप
आर्थिक पत्रकारिताको एउटा कमजोरी तथ्य, तथ्याङ्क, नाम र फोटो आदिमा बेलाबेला चुकिरहनु हो । एउटाको फोटोमा अर्काको नाम, एउटाको नाइमा अर्काको फोटो, सयलाई हजार, अर्बलाई खर्बलगायत थुप्रै गलत सूचना प्रवाह भइरहेको हुन्छ । एकपटक बिग्रिएपछि त्यसलाई सच्याउन गाह्रो हुन्छ । यसर्थ यस्ता विषयमा बढी सजग रहनुपर्छ । त्यसैले, आर्थिक पत्रकारले कुनै पनि तथ्याङ्कको विश्वसनीयतामा बढी जोड दिनुपर्छ । यसका लागि समाचार सङ्कलन र सम्पादनको पर्याप्त शीपको विकास गर्नुपर्छ । त्यसो भयो भने मात्रै यथार्थ, प्रभावकारी र सन्तुलित सूचना प्रवाह गर्न सकिन्छ । अर्कोतर्फ, आजभोलि त पत्रकारिताका नाममा व्याख्या (इण्टरप्रिटेशन) गर्ने चलन पनि छ । पत्रकारले सूचना (इन्फर्मेशन) प्रवाह गर्ने हो, व्याख्या गर्ने होइन । यसमा पनि ध्यान दिन आवश्यक छ ।
३. सकारात्मक पत्रकारिता
हाम्रो देशका पत्रकारमा नकारात्मक विषय (नेगेटिभ इस्यू मात्रै समाचार हुन्छन् भन्ने गलत धारणा छ । यसले समाजलाई विकासतर्फ लान सक्दैन । खासगरी सकारात्मक विषय पनि समाचार हुन्छन् भन्ने अवधारणाको विकास गर्न आवश्यक छ । संसारमा कलमजति शक्तिशाली केही हुँदैन । बम, गोली, बारुदभन्दा पनि कलम बढी शक्तिशाली हुन्छ । यसर्थ, त्यो कलमको सन्देश, सूचना सकारात्मक भयो भने समाज पनि सकारात्मक हुन्छ । सकारात्मक समाचारले विकासमा महत्वपूर्ण योगदान पर्याउँछ ।