काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल ४ लाख २३ हजार २८१ कित्ता शेयरको 'लक-इन' वैशाख ८ गतेपछि सकिने भएको छ ।
कम्पनीको संस्थापकतर्फको ४ लाख २० हजार कित्ता र कर्मचारीतर्फको ३ हजार २८१ कित्ता शेयर तीन वर्षसम्म 'लक-इन'मा रहेको थियो । सर्वसाधारणमा आईपीओ बाँडफाँट भएको तीन वर्षसम्म 'लक-इन'मा रहेको यी शेयर वैशाख ९ गतेदेखि कारोबारयोग्य हुने भएको हो ।
कम्पनीले सर्वसाधारणमा २०७९ वैशाख ९ गते आईपीओ बाँडफाँट गरेको थियो । दोस्रो बजारमा सूचीकत रहेको कम्पनीको शेयर मूल्य भने प्रतिकित्ता ३ हजार ५४१ रुपैयाँ रहेको छ ।