काठमाडौं । होलीका अवसरमा काठमाडौंलगायत देशभर उल्लास छाएको छ । एक आपसमा रङ साटासाट गरेर नेपालीहरू यो पर्व मनाइरहँदा विदेशी पर्यटकले समेत यो पर्व मनाएका छन् ।
यसपटक राष्ट्रिय फोटो पत्रकार समूह र नेपाल चाइना फ्रेन्डसिप फोरमको निमन्त्रणामा चीनबाट आएका सयौं फोटोग्राफर र फोटो पत्रकारहररूले नेपालीहरूसंगै होलि खेलेका छन् ।
काठमाडौंको वसन्तपुर क्षेत्रमा पुगेका विदेशी पर्यटक पर्वको दिन बिहीवार रंगिबिरंगी देखिए। उनीहरूले पनि एकआपसमा रङ दलेर यो पर्व मनाएका छन् । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन विशेषगरी नेपाली र भारतीयले यो पर्व मनाउने गरेका छन् ।