सक्षम र प्रतिस्पर्धी वाणिज्य क्षेत्रको विकासमार्फत आर्थिक समृद्धिमा योगदान पुर्याउने दूरदृष्टिसहित निर्यात प्रवर्द्धन, आपूर्ति प्रणाली सबलीकरण र क्षेत्रगत समन्वयमार्फत कुल गार्हस्थ्य उत्पादनमा वाणिज्य क्षेत्रको योगदान बढाउने लक्ष्यसहित वाणिज्य नीति २०८१ लागू भएको छ । (क) वस्तु तथा सेवाको उत्पादन र उत्पादकत्व बढाउने, (ख) निर्यात प्रवर्द्धन गर्दे आयातलाई निर्यातसँग अन्तरआबद्ध गरी व्यापार सन्तुलन कम गर्ने, (ग) व्यापारजन्य पूर्वाधार विकास गरी प्रतिस्पर्धी क्षमता विकास गर्ने, (घ) व्यापार र्कूटनीति सुदृढ गरी अन्तरराष्ट्रिय बजारमा नेपाली वस्तु तथा सेवाको पहुँच बढाउने, (ङ) आपूर्ति शृंखला सुदृढ गरी अन्तरराष्ट्रिय बजारमा नेपाली वस्तु तथा सेवाको पहुँच बढाउने तथा (च) व्यापार सम्बन्ध अन्तरसम्बन्धित निकाय, राष्ट्रिय एवम् अन्तरराष्ट्रिय स्तर र तीनै तहका सरहारको सहभागिता, समन्वय तथा साझेदारी बढाउने कुल ६ ओटा उद्देश्यहरू रहेको वाणिज्य नीति २०८१ लागू भएको छ । उपर्युक्त ६ ओटा उद्देश्यहरूको लक्ष्य प्राप्ति गर्न कुल ६ ओटा नीतिहरूको व्यवस्था गरिएको छ ।
वस्तु तथा सेवाको उत्पादन र उत्पादकत्व बढाउने पहिलो उद्देश्यका लागि वस्तु तथा सेवाको मूल्य अभिवृद्धि र गुणस्तर वृद्धि एवम् नवीन प्रविधिको विकास तथा उपयोग गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने नीति अंगीकार गरिएको छ । निर्यात प्रवर्द्धन गर्दे आयातलाई निर्यातसँग अन्तरआबद्ध गरी व्यापार सन्तुलन कम गर्ने ध्येयका लागि वस्तु तथा सेवाको निर्यात वृद्धि गर्न भन्सार तथा गैरभन्सार उपायहरूलाई नियममा आधारित र नेपालको व्यापारलाई प्रतिस्पर्धी बनाउने गरी कार्यान्वयन गर्ने नीति अंगीकार गरिएको छ । व्यापारजन्य पूर्वाधार विकास गरी प्रतिस्पर्धी क्षमता विकास गर्ने उद्देश्यबमोजिमको लक्ष्य हासिल गर्न औद्योगिक तथा व्यापारिक पूर्वाधारको विकास र विस्तार गर्ने नीतिगत व्यवस्था गरिएको छ ।
व्यापार कूटनीति सुदृढ गरी अन्तरराष्ट्रिय बजारमा नेपाली वस्तु तथा सेवाको पहुँच बढाउने उद्देश्यको कार्यान्वयनका लागि बहुपक्षीय, क्षेत्रीय तथा द्विपक्षीय व्यापार वार्ता तथा सम्झौतामार्फत व्यापार पहुँच विस्तार गर्ने नीतिगत व्यवस्था गरिएको छ । आपूर्ति शृंखला सुदृढ गरी अन्तरराष्ट्रिय बजारमा नेपाली वस्तु तथा सेवाको पहुँच बढाउने उद्देश्य पूर्तिका लागि व्यापारलाई प्रतिस्पर्धी बनाउन आपूर्तिजन्य क्षमता अभिवृद्धि तथा व्यापार सहजीकरणका माध्यमबाट वस्तु तथा सेवाको व्यापारिक लागत कम गर्ने नीति अंगीकार गरिएको छ । यसैगरी, व्यापार सम्बन्ध अन्तरसम्बन्धित निकाय, राष्ट्रिय एवम् अन्तरराष्ट्रिय स्तर र तीनै तहका सरकारको सहभागिता, समन्वय तथा साझेदारी बढाउने उद्देश्यको प्रयोजनका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय समन्वयमा नीतिगत र कानूनी एकरूपता, सामञ्जस्य तथा संस्थागत समन्वय सुदृढ गर्ने नीतिगत व्यवस्था गरिएको छ । सारमा भन्नुपर्दा ६ ओटा उद्देश्यहरूको प्राप्तिका लागि कुल ६ वटै पृथक् पृथक् नीतिहरूको व्यवस्था गरिएको छ । उपर्युक्त ६ ओटा नीतिहरूलाई कार्यान्वयन गर्न विभिन्न रणनीतिहरू अंगीकार गरिएका छन् ।
विगतका नीतिहरू झैैं नीतिकार्यान्वयनमा तीन तहका सरकारहरूको संलग्नता, निजी र सार्वजनिक क्षेत्रको साझेदारी एवम् व्यापार सम्बद्ध विकास सहायता र मिश्रित वित्त परिचालन नीतिमा विशेष जोड दिइएको छ ।
सर्वप्रथम, वस्तु तथा सेवाको मूल्य अभिवृद्धि र गुणस्तर वृद्धि एवम् नवीन प्रविधिको विकास तथा उपयोग गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने नीतिको कार्यान्वयनको प्रयोजनका लागि कुल ५ ओटा रणनीतिहरूको व्यवस्था गरिएको छ । यी रणनीतिहरूमा तुलनात्मक लाभ र प्रतिस्पर्धी क्षमता भएका वस्तु तथा सेवाको उत्पादन बढाई निर्यात अभिवृद्धि गर्ने, निर्यातमूलक उद्योगहरूको लागि प्रदान गरिने प्रोत्साहन तथा छूटलाई मुलुकको क्षमता भएका वस्तु तथा सेवालाई प्रदान गरी तिनको उत्पादन बढाई निर्यात गर्ने, निर्यातमूलक उद्योगहरूको लागि प्रदान गरिने प्रोत्साहन तथा छूटलाई मुलुकको क्षमता र विश्व व्यापार संगठनको नियमानुसार व्यवस्थित गर्ने, सूचना प्रविधिको विकास र अधिकतम प्रयोग गर्दै विद्युतीय व्यापार (इकमर्श), डिजिटल व्यापारको विकास तथा प्रवर्द्धन गर्ने, विकासशील राष्ट्रमा स्तरोन्नतिपश्चात् अन्तरराष्ट्रिय व्यापारमा आउने चुनौतीको सामना तथा अवसरको उपयोग गर्न क्षमता अभिवृद्धि गर्ने तथा वस्तु तथा सेवाको गुणस्तरयुक्त उत्पादन र उपयोगका उपायहरू अवलम्बन गर्ने रणनीति अंगीकार गरिएको छ ।
निर्यात प्रवर्द्धन गर्दै आयातलाई निर्यातसँग अन्तरआबद्ध गरी व्यापार सन्तुलन कम गर्ने ध्येयका लागि वस्तु तथा सेवाको निर्यात वृद्धि गर्न भन्सार तथा गैरभन्सार उपायहरूलाई नियममा आधारित र नेपालको व्यापारलाई प्रतिस्पर्धी बनाउने गरी कार्यान्वयन गर्ने नीति अंगीकार गरिएको छ । यस रणनीतिअन्तर्गत स्वदेशी वस्तु तथा सेवाको उत्पादन र उपभोग अभिवृद्धि गरी निर्यातको आधार तय गर्ने, स्वदेशी उद्योगको संंरक्षण एवम् निर्यात प्रवर्द्धनको लागि प्रचलित कानून, विश्व व्यापार संगठन र अन्य नेपाल पक्ष भएका व्यापार सम्झौता अनुरूप दरबन्दी र दर कायम गर्ने प्रबन्ध मिलाउने, आयातलाई समग्र व्यापार प्रणालीको अनुकूल बनाउने गरी व्यवस्थापन गर्न गैरभन्सार उपायहरूको कानून बमोजिम समुचित प्रयोग गर्ने, विकासशील राष्ट्रमा स्तरोन्नतिपश्चात् व्यापारमा पर्ने असरको न्यूनीकरण गर्ने तथा व्यापार अन्तरसम्बन्धित क्षेत्रहरू व्यापार र वातावरण, व्यापार र लैंगिकताजस्ता सवालहरूलाई समेत समेटी व्यापार मूलप्रवाहीकरण गर्ने रणनीतिहरू अंगीकार गरी घोषित लक्ष्यहरू प्राप्त गर्ने रणनीति अंगीकार गरिएको छ ।
व्यापारजन्य पूर्वाधार विकास गरी प्रतिस्पर्धी क्षमता विकास गर्ने उद्देश्यबमोजिम लक्ष्य हासिल गर्न औद्योगिक तथा व्यापारिक पूर्वाधारको विकास र विस्तार गर्ने नीतिगत व्यवस्थालाई कार्यान्वयन गर्न औद्योगिक तथा व्यापारिक पूर्वाधारको विकास र विस्तार गरी उत्पादन तथा व्यापार लागत कम गर्ने, पारवहन मार्गहरूको विकास र विस्तार गरी व्यापारको समग्र समय तथा लागत घटाउने तथा कृषिजन्य, वनजन्य र औद्योगिक वस्तुको निकासी प्रवर्द्धन गर्न संंग्रह, ग्रेडिङ, गुणस्तर नियमन, आधुनिक प्रयोगशाला, क्वारेन्टाइन, प्रमाणीकरण, प्रत्यायनलगायतका पूर्वाधार सुदृढीकरण गर्ने, दिगो, समावेशी, हरित र वातावरणमैत्री व्यापार प्रवर्द्धनमार्फत दिगो विकास लक्ष्य हासिल गर्न योगदान गर्र्ने, निजी एवम् गैर सरकारी क्षेत्रको समन्वय तथा संघ, प्रदेश र स्थानीय तहको सहभागितामा व्यापारजन्य पूर्वाधार एवम् सेवाको विकास र विस्तार गर्ने रणनीति पनि वाणिज्य नीति २०८१ मा अंगीकार गरिएको छ ।
बहुपक्षीय, क्षेत्रीय तथा द्विपक्षीय व्यापार वार्ता तथा सम्झौतामार्फत व्यापार पहुँच विस्तार गर्ने नीतिगत व्यवस्थालाई कार्यान्वयन गर्न व्यापार कूटनीति सुदृढ गरी अन्तरराष्ट्रिय बजारमा नेपाली वस्तु तथा सेवाको पहुँच अभिवृद्धि गर्ने रणनीति अंगीकार गर्ने वाणिज्य नीति २०८१ को प्रावधान रहेको छ ।
व्यापार कूटनीति सुदृढ गरी अन्तरराष्ट्रिय बजारमा नेपाली वस्तु तथा सेवाको पहुँच बढाउने उद्देश्यको कार्यान्वयनका लागि बहुपक्षीय, क्षेत्रीय तथा द्विपक्षीय व्यापार वार्ता तथा सम्झौतामार्फत व्यापार पहुँच विस्तार गर्ने नीतिगत व्यवस्थालाई कार्यान्वयन गर्न व्यापार कूटनीति सुदृढ गरी अन्तरराष्ट्रिय बजारमा नेपाली वस्तु तथा सेवाको पहुँच अभिवृद्धि गर्ने, व्यापार तथा लगानीको लागि प्रमुख आकर्षक मुलुकहरूसँग आवश्यकताअनुसार स्वतन्त्र व्यापार सम्झौता, प्राथमिकताप्राप्त व्यापार सम्झौता तथा लगानी कार्यढाँचा सम्झौताहरू गर्ने, व्यापार वार्ता गर्ने शीप तथा दक्षता अभिवृद्धि गरी बहुपक्षीय, क्षेत्रीय तथा द्विपक्षीय व्यापार वार्ताहरूमा नेपालको अधिकतम हित संरक्षण गर्ने तथा व्यापारसम्बद्ध बौद्धिक सम्पत्तिसम्बन्धी अधिकारको संरक्षण र उपयोग गरी विश्व बजारमा नेपाली उत्पादनलाई स्थापित गर्ने रणनीति अंगीकार गर्ने वाणिज्य नीति २०८१को प्रावधान रहेको छ ।
आपूर्ति शृंखला सुदृढ गरी अन्तरराष्ट्रिय बजारमा नेपाली वस्तु तथा सेवाको पहुँच बढाउने उद्देश्य पूर्तिका लागि व्यापारलाई प्रतिस्पर्धी बनाउन आपूर्तिजन्य क्षमता अभिवृद्धि तथा व्यापार सहजीकरणका माध्यमबाट वस्तु तथा सेवाको व्यापारिक लागत कम गर्ने नीतिलाई कार्यान्वयन गर्न निर्यातमूलक उद्योगहरूको आपूर्तिजन्य क्षमता अभिवृद्धि गर्न निकायगत अग्र तथा पृष्ठ सम्बन्ध सुदृढ गर्ने, नेपालमा उत्पादन हुन सक्ने तुलनात्मक र प्रतिस्पर्धात्मक लाभ भएका वस्तु वा सेवाको उत्पादनलाई स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धन गर्दै राष्ट्रिय, क्षेत्रीय तथा अन्तरराष्ट्रिय मूल्य शृंखलामा आबद्ध गर्ने, व्यापार सहजीकरण तथा भन्सार प्रक्रिया सरलीकरण गरी व्यापार लागतलाई प्रतिस्पर्धी बनाउने तथा निर्यातमूलक उद्योगको लागि आवश्यक पर्ने जनशक्तिको योजना तथा विकास गर्ने रणनीति अंगीकार गरी वाणिज्य नीति २०८१को कार्यान्वयन गर्ने प्रावधानको व्यवस्था गरिएको छ ।
यसैगरी व्यापार सम्बन्ध अन्तरसम्बन्धित निकाय, राष्ट्रिय एवम् अन्तरराष्ट्रिय स्तर र तीनै तहका सरकारको सहभागिता, समन्वय तथा साझेदारी बढाउने उद्देश्यको प्रयोजनका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय समन्वयमा नीतिगत र कानूनी एकरूपता, सामञ्जस्य तथा संस्थागत समन्वय सुदृढ गर्ने नीतिगत व्यवस्थालाई कार्यान्वयन गर्न वाणिज्य क्षेत्रका नीति, कानून, कार्यविधि तथा रणनीतिहरूमा समयसापेक्ष सुधार, पुनरवलोकन र परिमार्जन गर्र्न, निर्यात अभिवृद्धिका लागि संस्थागत सुदृढीकरण गर्ने, राष्ट्रिय प्राथमिकता बमोजिम संघ, प्रदेश र स्थानीय तहबीच रणनीतिक साझेदारी गरी निर्यातमा सहजीकरण गर्ने तथा प्रत्येक प्रदेशमा निर्यात सम्भावना भएका वस्तुको पहिचान तथा विकास गर्ने एवम् प्रत्येक स्थानीय तहको तुलनात्मक लाभको विषय पहिचान गरी मूल्य शृंखला स्थापना गर्न संघ र प्रदेशको समन्वय गर्ने रणनीतिहरू अंगीकार वाणिज्य नीति २०८१ को कार्यान्वयनको स्वरूप निर्धारण गरिएको छ ।
सारमा भन्नुपर्दा ६ ओटा उद्देश्य र नीतिलाई कार्यान्वयनमा लैजान कुल २७ ओटा रणनीतिहरू वाणिज्य नीति २०८१ मा अंगीकार गरिएका छन् । यी रणनीतिहरूलाई मूर्तरूप दिन कुल १४९ ओटा कार्यनीतिहरूको प्रावधान वाणिज्य नीति २०८१मा राखिएको छ । विगतका नीतिहरू झैैं नीतिकार्यान्वयनमा तीन तहका सरकारहरूको संलग्नता, निजी र सार्वजनिक क्षेत्रको साझेदारी एवम् व्यापार सम्बद्ध विकास सहायता र मिश्रित वित्त परिचालन नीतिमा विशेष जोड दिइएको छ । नीतिकार्यान्वयनको अनुगमन र निर्देशनका लागि बोर्डअफ टे्रडको विगतको नीतिको निरन्तरता दिइएको छ ।
उपर्युक्त प्रावधानहरूका माझ नेपाल व्यापार एकीकृत रणनीति २०८० को लक्ष्य आर्थिक वर्ष २०८४/८५ मा वस्तु तथा सेवाको निर्यात कुल गार्हस्थ्य उत्पादनको २० प्रतिशत पुर्याउने हासिल गर्ने ध्येयको पृष्ठभूमिका वाणिज्य नीति २०८१ लागू भएको छ । आर्थिक वर्ष २०७८/७९ मा सेवा तथा निर्यातको कुल गार्हस्थ्य उत्पादन रहेको ६ दशमलव ३ प्रतिशत योगदान २० प्रतिशतमा पुर्याउनु कम चुनौतीपूर्ण छैन ।
लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।