काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पेस गर्न चैत मसान्तसम्मको अवधि थप गर्न आग्रह गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डलाई पत्र लेख्दै ढिलोमा चैत मसान्तसम्मको अवधि थप गरिदिन आग्रह गरेको हो ।
गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृतिको प्रक्रियामा रहेकाले बोर्डमा पेस गर्न ढिलाइ भएको जानकारी कम्पनीले दिएको छ ।
यस वर्ष कम्पनीले लाभांश भने वितरण नगर्ने निर्णय गरेको छ । पुस १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको प्रतिवेदन स्वीकृतिका लागि राष्ट्र बैंकमा पेस गर्ने र कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।