काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले विभिन्न स्थानमा कृषि तथा पशुपक्षी बीमासम्बन्धी छलफल तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले संखुवासभाको पाँचखपन नगरपालिकामा सञ्चालन गरेको कार्यक्रममा नगरपालिका कृषि तथा पशु प्राविधिक, अन्य कर्मचारी, सहकारी प्रतिनिधि तथा अगुवा कृषक गरी ५३ जनाको उपस्थिति थियो । कार्यक्रममा कृषि तथा पशुपक्षी बीमा प्रक्रिया, दाबी सम्बन्धमा साथै कृषि बीमाको नयाँ सफ्टवेयर, प्राविधिक र अभिकर्ताको कृषि बीमामा आवश्यक भूमिकाबारे जानकारी गराइएको थियो ।
त्यस्तै कम्पनीले भोजपुरको पौवादुङमा गाउँपालिका वडा–१ श्यामशिलामा कृषि बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बीमा कसरी गर्ने, कहाँ गर्ने, किन गर्ने सहितका विस्तृत जानकारी र दाबीको समयमा क्षतिपूर्ति लिने आवश्यक प्रक्रियाबारे जानकारी गराइएको थियो । वडा सदस्य, नगर कार्यपालिका सदस्य, कृषक तथा कर्मचारी गरी ६५ जना कार्यक्रममा सहभागी थिए ।
कम्पनीले कृषि ज्ञान केन्द्र भोजपुरसँगको समन्वयमा कृषि बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कृषि ज्ञान केन्द्रका कर्मचारी, भेटेरिनरी अस्पताल, स्थानीय तह कृषि तथा पशु प्राविधिक अगुवा कृषक, पत्रकार लगायत अन्य सरोकारवाला निकायबाट ४० जना सहभागी थिए । कार्यक्रममा कृषि, पशुपक्षी तथा जडीबुटी बीमा तथा अन्य निर्जीवन बीमाका विविध पक्षबारे जानकारी गराइएको थियो ।