काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बुटवल पावर कम्पनी लिमिटेडले १८ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ३२ दशमलव ८६ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले २६ करोड ८१ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।
यस वर्ष कम्पनीको विद्युत् विक्री आम्दानी घटेकाले खुद नाफा घट्न पुगेको हो । गत वर्ष ५८ करोड ३१ लाख रूपैयाँभन्दा बढीको विद्युत् विक्री आम्दानी भएकोमा यस वर्ष ५४ करोड ३७ लाख रूपैयाँभन्दा बढी रहेको छ । वित्तीय खर्च गत वर्ष ९६ लाख रूपैयाँभन्दा बढी भएकोमा यस वर्ष ९३ लाख रूपैयाँभन्दा बढी भएको हो ।
हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ४० करोड ९० लाख ६५ हजार रूपैयाँ रहेको छ । जगेडा कोषमा भने ३ अर्ब ६२ करोड ५८ लाख रूपैयाँ कायम छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ५ रूपैयाँ २८ पैसा र प्रतिशेयर नेटवर्थ २०६ रूपैयाँ ७८ पैसा छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्